‘राष्ट्रिय संकटका बेला कर्णालीले विवेकपूर्ण निर्णय गर्छ, सहरिया मासजस्तो अस्थिर छैन’
सुर्खेत । फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर राम्रो नजिता ल्यायो ।
तर, १२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कर्णालीमा सुर्खेत–२ बाहेक अन्त प्रत्यक्ष चुनाव जितन सकेन । यही विषयलाई यतिबेला सामाजिक सञ्जालमा कर्णालीका जनतामाथि अपमान हुनेगरी टिप्पणी हुने गरेका छन् ।
कर्णालीको जनतालाई भेडाबाख्रासँग दाँजेर प्रचार गरिएको अवस्था छ । यो विषयलाई कर्णालीका पूर्वमुख्यमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका प्रभावशाली नेता महेन्द्रबहादुर शाहीले फरक तरिकाले विश्लेषण गरेका छन् ।
बुधबार वीरेन्द्रनगरमा पत्रकारसँग एक घण्टा अन्तरक्रिया गरेका शाहीले विशेष परिस्थितिका बेला, राष्ट्रिय संकट सृजना भएको बेला कर्णालीका जनताले पहल कदमी लिएको बताए । ‘कर्णालीका जनता महान हुन्, जसले देश संकटमा पर्दा पनि आफ्नो भूमिकालाई फरक तरिकाले प्रस्तुत गरे,’ शाहीले भने, ‘सहरियाभन्दा यहाँका जनताहरू विचार, सिद्धान्तले गाइडेट छन्, स्थिर छन् ।’
उनका बुझाइमा तराई र सहरिया जनताहरू अस्थिर छन् । ‘अहिले एउटा हावै लागेको हो नि, हावाहुरी बतासले निकालेको रिजल्ट हो,’ शाहीले टिप्पणी गरे, ‘अब यो कति दिगो हुन्छ ? कति टिकाउ हुन्छ भन्ने कुरा भविष्यले देखाउला । त्यसैले सहरिया मास र तराईको मास भनेको अस्थिर छ । राजनीतिक इतिहासलाई हेर्यौँ भने पनि हरेक चुनावहरूमा उनीहरूले बदलिरहेका हुन्छन्, के एउटै पोजिसनमा बस्दैनन् ।’
तर ग्रामीण क्षेत्रका जनताहरू हावाहुरीले प्रभाव पर्दैनन्, उनीहरूले जमीनमै खुट्टा टेक्या हुन्छन् । शाहीले थपे, ‘यहाँका जनताहरू विचार, सिद्धान्त र एउटा दर्शनबाट गाइडेड छन् । गाउँमा बस्ने मान्छे नबुझेका अबुझ जस्ता ठान्ने प्रवृत्ति छ, सहरमा बस्नेहरू बडो बुझझक्की जस्ता ठान्छौँ । तर अस्थिर भनेको सहरिया मास नै छ ।’
त्यसैले ग्रामीण मासले गलत बाटोमा, दुर्घटनामा पर्ने निर्णयहरू नगर्ने गरेको उनले बताए ।
उनले अगाडी थपे, ‘स्थिर मासले सोचिविचारी विवेकपूर्ण तरिकाले निर्णय गर्या हुन्छ । अहिले कर्णालीका जनता भेडा भनेर नकरात्मक प्रचार भएको छ, त्यो गलत हो ।’ कर्णालीका जनताले सुझबुझका साथ निर्णय लिएको उनको भनाइ छ ।
‘यदि रास्वपालाई अहिले कर्णालीले पुर्ण बहुमत दिएको भए उनीहरू जे पनि गर्न सक्थे, देशबारे अविवेकी निर्णय पनि गर्न सक्थे,’ उनले भने, ‘उनीहरूले गर्न सक्ने गलत कदमविरुद्ध आवाज उठाउने गरी निर्णय गरे, जे निर्णय लिए त्यो राष्ट्रको हितको लागि निर्णय लिए ।’
अझै पनि कर्णालीलाई हेर्ने दृष्टिकोण नबदलिएको बारे बोल्दै शाहीले भने–कर्णालीले कोही व्यक्तिको हितको लागि होइन, देश र जनताको पक्षमा निर्णय लिन्छ, परिपक्व जनता हो, किनकि हिजो पूर्वीय दर्शनको उत्पादन नै कर्णालीबाट भएको हो । एउटा दर्शनबाट गाइड छन्, यहाँका जनता । ऋषिमुनिहरू आएर अध्ययन अनुसन्धान गर्ने सुवर्ण र तपोभूमिको भुगोल हो यो र यहाँका जनता ।’
हेर्दाखेरि सामान्य देखिएपनि कर्णालीका जनताहरूमा ठुलो अध्ययन छ । शाही थप्छन्, ‘उनीहरूले इतिहास उल्टो पढाउँछन्, त्यसो भएको हुनाले यो जनता भनेको सामान्य जनता होइन, एउटा बौद्धिक जनता हो ।’
देशभर रास्वपाप्रतिको जनमत स्वीकार, कमजोरीको समीक्षा
कर्णालीलाई माओवादीले आफ्नो आधार इलाका भन्दै आएको छ । यद्यपि यो पटक अन्य कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्टको नाममा चुनावी मैदानमा जाँदा पनि कमजोर नजिता आयो । १२ निर्वाचन क्षेत्रमध्ये ४ मा मात्रै जित्न सक्यो भने हुम्ला, जुम्ला र जाजरकोट जस्ता माओवादीका आधार क्षेत्रहरूमा नेकपाले चुनाव जित्न सकेन । कालिकोटमा भने महेन्द्रबहादुर शाहीले चुनाव जित्न सके ।
आधार क्षेत्रमै पनि चुनाव जित्न नसकेको अवस्थाबारे शाहीले पार्टीभित्र गम्भीर समीक्षा हुने बताए ।
‘हाम्रो जनआधार राम्रो भएको र नहारिने केही जिल्लाहरू हामीले हार्यौँ,’ शाहीले भने, ‘बलियो हुँदाहुँदै पनि हुम्ला, जुम्ला र जाजरकोट हार्यौँ । अलिकति मिहिनेत गरे जितिन्थ्यो यी क्षेत्रमा । यो विषयमा हामी समीक्षा गर्छौं ।’
जनआधार राम्रो हुँदाहुँदै जित्न नसकेका जिल्लाबारे आत्मसमीक्षा गरिने पनि शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण