लाबुबु अब ठुलो पर्दामा
सारांश
- चिनियाँ कम्पनी पप मार्ट र सोनी पिक्चर्सले लाबुबु डलमा आधारित फिचर फिल्म बनाउने घोषणा गरेका छन्।
- फिल्म लाइभ-एक्सन र कम्प्युटर एनिमेसनको संयोजनमा बन्नेछ, जसलाई पल किङले निर्देशन गर्नेछन्।
- लाबुबु डल विश्वभर लोकप्रिय बनेको छ, जसले पप मार्टलाई ठूलो कम्पनी बनायो।
बेइजिङ । विश्वभर लोकप्रिय बन्दै गएका लाबुबु डलहरू अब ठुलो पर्दामा देखिने भएका छन् । चिनियाँ खेलौना कम्पनी पप मार्ट र सोनी पिक्चर्सले मिलेर लाबुबुमा आधारित फिचर फिल्म बनाउने घोषणा गरेका छन् । कम्पनीहरूले जारी गरेको वक्तव्यअनुसार फिल्म अहिले प्रारम्भिक विकास चरणमा रहेको छ र यसमा लाइभ–एक्सन र कम्प्युटर–जेनेरेटेड एनिमेसनको संयोजन हुनेछ ।
फिल्म निर्देशनको जिम्मा पल किङ्गले पाएका छन् । उनले यसअघि वोंका, प्याडिंगटनजस्ता सफल फिल्महरू निर्देशन गरिसकेका छन् । उनी द माइटी बुशजस्ता चर्चित टेलिभिजन सिरिजसँग पनि जोडिएका छन् । यद्यपि फिल्मको प्रदर्शन मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
हालका वर्षहरूमा लाबुबु डलहरू विश्वभर भाइरल भएका छन् । सङ्कलकहरू मात्र होइन, विभिन्न सेलिब्रेटीहरूबिच पनि यसको लोकप्रियता उच्च छ । यो डलको क्रेजका कारण पप मार्टको बार्बी म्याटेलजस्ता स्थापित प्रतिस्पर्धीलाई समेत पछि पार्दै ४० अर्ब डलरको कम्पनी बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण