कम्बोडियामा अलपत्र २० जना नेपालीको उद्धार
बिहीबार, ०५ चैत २०८२, १० : १४
सारांश
- कम्बोडियामा अलपत्र परेका २० नेपालीको थाइल्याण्डस्थित दूतावासले उद्धार गरेको छ।
- उद्धार गरिएका व्यक्तिहरू अनलाइन ठगी र अन्य गैरकानुनी काममा संलग्न थिए।
- उद्धार गरिएका नेपालीहरूलाई गैरआवासीय नेपाली संघको सहयोगमा काठमाडौँ पठाइएको छ।
काठमाडौँ । कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न कारणबस कम्बोडिया पुगेका उनीहरूलाई थाइल्याण्डस्थित नेपाली दूतावासले उद्धार गरेको जनाएको छ ।
दूतावासले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार अनुसार उद्धार गरिएकाहरू अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बस्दै आएकाहरु रहेका छन् ।
उनीहरूलाई दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्धार गरिएको हो । उद्धार गरिएकाहरुलाई गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहरीकरणमा बुधबार नै काठमाडौँ पठाइएको बताइएको ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण