विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
बिहीबार, ०५ चैत २०८२, १३ : ५९
काठमाडौँ । देशका विभिन्न पाँच स्थानमा बुधबार र बिहीबार गरी पाँच जना पुरुष मृत अवस्थामा फेला परेका छन्।
प्रहरीले दिएको जानकारी अनुसार धनुषा, ओखलढुङ्गा, उदयपुर, संखुवासभा र तनहुँमा शव फेला परेका हुन्।
- धनुषा: क्षिरेश्वरनाथ नगरपालिका-४ चन्द्रपुरस्थित नालीमा नाम, थर र वतन नखुलेका अन्दाजी ७० वर्षीय वृद्ध पुरुषको शव बुधबार फेला परेको छ।
- ओखलढुङ्गा: चम्पादेवी गाउँपालिका-१ स्थित सुनकोशी नदीमा रामेछाप नगरपालिका-५ का ५५ वर्षीय मंगल बहादुर माझी मृत अवस्थामा फेला परेका छन्।
- उदयपुर: बेलका नगरपालिका-२ चन्द्रपुरस्थित सडक किनारामा सोही नगरपालिका-२ झण्डी टोलका ३६ वर्षीय जनक राई गए राति मृत फेला परेका हुन्।
- संखुवासभा: खाँदबारी नगरपालिका-१ स्थित बसपार्कमा सोही ठाउँका ३० वर्षीय सुशिल मंग्रान्ती बिहीबार बिहान मृत अवस्थामा फेला परेका छन्।
- तनहुँ: देवघाट गाउँपालिका-५ स्थित जरायो खोलामा सोही गाउँपालिकाका ५४ वर्षीय युवराज गुरूङ बुधबार मृत फेला परेका छन्।
यी घटनाहरूको सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण