राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ ।
बैङ्कले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्रभावकारी ग्राहक सेवालाई मध्यनजर गर्दै अनलाइन कर्जा आवेदन सेवा सुरुआत गरेको हो ।
राष्ट्रिय वाणिज्य बैङ्कका उप कार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्था बारे ग्राहक वर्गमा रहने जिज्ञासा तथा अन्योललाई पूर्ण रूपमा सम्बोधन गर्न बैङ्कले डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको बताए ।
“बैङ्कको यस प्रयासमार्फत कर्जा प्रक्रियालाई छिटोछरितो, झन्झटरहित र पारदर्शी बनाइनेछ,” उनले भने, “अनलाइन कर्जा आवेदनका लागि बैङ्कको आधिकारिक वेबसाइटमार्फत अनलाइन लोन एप्लिकेसनको लिङ्कमा क्लिक गरी ९आरबिबि स्मार्ट लेन्डिङ डिजिटल लोन पोर्टल RBB Xmart Lending Digital Loan Portal मा जानुपर्नेछ ।” बैङ्कका अनुसार उक्त पोर्टलमा दर्ता हुन इमेल, युजरनेम र पासवर्ड राखी युजर रजिष्टेसनमार्फत दर्ता गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाद्वारा विद्यालयलाई शौचालय हस्तान्तरण
-
फरार दुई प्रतिवादी पक्राउ
-
पहिलो हाफ सकिँदा घानाविरुद्ध कोलम्बियाको १–० को अग्रता
-
बाँकेको ग्रामिण क्षेत्रका औषधि पसलको अनुगमन
-
कलाकर्मीका नजरमा बालेन सरकारको १०० दिन : कला क्षेत्रमा आशा गर्ने ठाउँ देखिए
-
फरफराइरहेको आँखामा हिर्काउँदा यी पुरुषको दृष्टि नै गुम्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण