महासङ्घको साधारण सभा तथा निर्वाचन चैत २९ र ३० गते गर्ने निर्णय
बिहीबार, ०५ चैत २०८२, १९ : ३०
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा एक दिन पछाडि धकेलिएको छ । बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चैत २९ गते साधारण सभा गर्ने निर्णय गरेको हो । उद्योग वाणिज्य दिवसको अवसर पारेर हरेक वर्ष चैत २८ गते साधारण सभा हुँदै आएकोमा यस वर्ष एक दिन परे सरेको छ ।
यस वर्षको साधारण सभा चुनावी साधारण सभा समेत रहेकाले अब चैत ३० गते निर्वाचन हुने महासङ्घले जनाएको छ । विगतका वर्षहरूमा चैत २८ गते साधारण सभाको उद्घाटन हुँदा चैत २९ गते निर्वाचन हुने गरेको थियो । तर यो वर्ष चैत २९ गते साधा सभा र ३० गते निर्वाचन हुने भएको छ ।
अब प्रदेश महासङ्घको साधारण सभा र निर्वाचन चैत २१ गते आयोजना हुनेछ । सबै प्रदेशमा एकै दिन निर्वाचन गर्ने महासङ्घले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण