पहिचान र समावेशीता संस्कृति र अस्तित्व जोगाउनका लागि हो : मुख्यमन्त्री बानियाँ
काठमाडौँ । बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबै नागरिकलाई अधिकार सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।
आज यहाँ नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले गणतन्त्रले सबै समुदाय, जातजाति, लिङ्ग र वर्गलाई अधिकार दिएको भए पनि राजनीति जात र धर्मका आधारमा नभई मानवताका आधारमा हुनुपर्नेमा जोड दिए ।
सङ्घीयता पहिचानसँगै समावेशी प्रतिनिधित्वमा आधारित व्यवस्था भएको उल्लेख गर्दै अधिकार मात्र माग्नेभन्दा कर्तव्य पूरा गर्नु मुख्य चुनौती भएको धारणा व्यक्त गरे ।
“अधिकार जति दिए पनि कार्यान्वयन भएन भने त्यसको कुनै अर्थ हुँदैन”, उनले भने, “पहिचान र समावेशीता संस्कृति र अस्तित्व जोगाउन लागि भएको हो, विभाजनका लागि होइन ।”
उनले संविधानले समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिसकेको उल्लेख गर्दै अब अधिकारको लडाइँभन्दा कर्तव्यको व्यवस्थापनतर्फ केन्द्रित हुनुपर्ने बताए ।
पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको उदयलाई कर्तव्यपालनमा कमजोरीको सङ्केतका रूपमा पनि बुझन सकिने उनको भनाइ थियो । मुख्यमन्त्री बानियाँले नेतृत्व तहमा कार्यान्वयन गर्ने इच्छाशक्ति र सही मनस्थितिको आवश्यक औँल्याए ।
जनजाति, मधेसी र मुस्लिम समुदायले अधिकार प्राप्त गरिसकेको उल्लेख गर्दै अब ती अधिकारको प्रभावकारी प्रयोग र समुदायको हितमा काम गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ थियो ।
आज ११औँ अधिवेशनका अवसरमा ‘प्राकृतिक स्रोत जल, जमिन र जङ्गलमाथि जनजातिको अधिकार सुनिश्चित गर्नुपर्ने’ नारासहित आदिवसासी जनजातिका सङ्घसंस्थाले सांस्कृतिक झाँकीसहितको र्याली आयोजनासमेत गरेको थियो ।
दुई दिने अधिवेशनको दोस्रो दिन, शुक्रबार महासङ्घको नयाँ नेतृत्व चयन हुने अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण