‘झम्के फुली’ गीतमा फलित, जाहान्वी र आश्माको छमछमी
सारांश
- चैत १३ गते रिलिज हुने फिल्म 'हामी तीन भाइ'को नयाँ गीत सार्वजनिक गरिएको छ।
- गीतमा साप शक्ति र अस्मिता अधिकारीको स्वर रहेको छ, जसमा फलित राई, जाहान्वी बस्नेत लगायतका कलाकारको नृत्य रहेको छ।
- प्रसिद्धि सिने आर्ट्स प्रालिको ब्यानरमा बनेको यो फिल्म मधुसूदन भट्टराईले निर्देशन गरेका हुन्, जसमा विनोद न्यौपाने, कुशल विष्ट र फलित राई मुख्य भूमिकामा छन्।
काठमाडौँ । यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’को नयाँ गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाऊ है ठुली’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित यो गीतमा साप शक्ति र अस्मिता अधिकारीको स्वर छ ।
गीतलाई गायक शक्तिले नै सङ्गीत भरेका छन् भने गीतको शब्द सुवलमणि सापकोटाले लेखेका हुन् । गीतको सङ्गीत संयोजन (एरेन्ज) महाराज थापाको छ। साथै गीत र गीतको भिडियोले नेपाली समाजको ग्रामीण परिवेश र स्थानीय स्वाद झल्काउँछ ।
गीतमा फिल्मका मुख्य कलाकार फलित राई, जाहान्वी बस्नेत, कुशल विष्ट र आश्मा गिरीले छमछमी नाचेका छन्। उनीहरूको नृत्यले दर्शक तथा श्रोतालाई मोहित बनाउने देखिन्छ ।
प्रसिद्धि सिने आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक मधुसूदन भट्टराई हुन् । कमेडी तथा सामाजिक कथामा आधारित फिल्ममा मुख्य कलाकार अर्थात तीनमा विनोद न्यौपाने, कुशल विष्ट र फलित राई छन्। उनीहरूकै कथा वरपर फिल्म घुमेको छ।
फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार(, विकास चापागाईँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भूमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन्।
त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्माता विक्रम तामाङ छन्। सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।
साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद शिवं अधिकारीले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण