बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल टेलिकमले ३जी सेवा बन्द गर्दै, पुराना सिम नि:शुल्क ४जीमा बदल्न आग्रह

शुक्रबार, ०६ चैत २०८२, १३ : ४८
शुक्रबार, ०६ चैत २०८२

सारांश

  • नेपाल टेलिकमले ३जी सेवा बन्द गरी ४जीमा रूपान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ।
  • पुराना सिम प्रयोगकर्ताहरूलाई ४जीमा अपग्रेड गर्न सूचना जारी गर्दै टेलिकमले जानकारी गराएको छ।
  • ग्राहकहरूले नजिकैको कार्यालयबाट नि:शुल्क ४जी सिम लिन र सेवा सक्रिय गर्न सक्नेछन्।

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो ३जी सेवा पूर्ण रूपमा बन्द गरी ४जीमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ।

 सेवालाई गुणस्तरीय र आधुनिक बनाउने उद्देश्य रहेको भन्दै टेलिकमले २जी र ३जी मात्र सपोर्ट गर्ने पुराना सिम प्रयोगकर्ताहरूलाई यथाशीघ्र ४जीमा अपग्रेड गर्न ग्राहकहरूलाई शुक्रबार एक सूचनामार्फत सूचित गरेको हो।

यस सम्बन्धमा कम्पनीले पुराना सिम प्रयोग गरिरहेका ग्राहकहरूलाई म्यासेज र सिष्टममार्फत जानकारी गराउन सुरु गरिसकेको जनाएको छ। टेलिकमले यस्ता ग्राहकहरूलाई आफ्नो नजिकको कार्यालयमा गई नि:शुल्क ४जी सिम लिन अनुरोध गरेको छ। 

सिम परिवर्तन गर्नका लागि ग्राहकले आफ्नो नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक सरकारी पहिचान पत्र साथमा लैजानुपर्नेछ। यस्तै, पहिले नै ४जी सिम प्रयोग गरिरहेका ग्राहकहरूले भने आफ्नो मोबाइलबाट *४४४# डायल गरी ४जी तथा भोल्टे  सेवा सक्रिय गर्न सक्ने टेलिकमले जनाएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप