वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन
सारांश
- नेपाल वायु सेवा निगमको बेथिती र वाइडबडी जहाजमा भएको घाेटाला छानबिन गर्न समिति गठन गरिएको छ।
- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो।
- समितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ, जसमा प्रमाण संकलन, अध्ययन र कार्ययोजना समावेश हुनेछ।
काठमाडौँ । नेपाल वायु सेवा निगमको बेथिती र वाइडबडी जहाजमा भएको घाेटालाको छानबिन गर्न समिति गठन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डङ्गोलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए।
मन्त्रालयले बिहीबार (चैत ५) सचिवस्तरको निर्णयानुसार नेपाल वायुसेवा निगमको बेथिती र वाइडबडी जहाजमा भएको भ्रष्टाचार लगायतको विषयमा प्रमाण संकलन, अध्ययन एवम् छानबिन गरी कार्यान्वयन कार्ययोजनासहितको प्रतिवेदन एक महिना(तीस) दिनभित्र पेश गर्न भनिएको प्रवक्ता आचार्यले बताए । कार्यक्षेत्रगत शर्त (टीओआर) बमोजिम काम गर्ने गरी आवश्यक प्रमाण संकलन, अध्ययन एवम् छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ ।
स्रोतका अनुसार गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुदन गुरुङले छानबिन गर्न दबाब दिदै ज्ञापनपत्र बुझाएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण