भोटेबहालमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु
शनिबार, ०७ चैत २०८२, १० : ५२
सारांश
- काठमाडौंको भोटेबहालमा बसले ठक्कर दिँदा दुई पैदल यात्रीको मृत्यु भएको छ।
- मृत्यु हुनेमा एक भारतीय नागरिक र एक जना अन्य व्यक्ति रहेका छन्।
- बस चालकलाई प्रहरीले पक्राउ गरेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१२ स्थित भोटेबहालमा बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा टेकु बस्दै अँएका भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिसकुमार कुसवाह छन् ।
शुक्रवार साँझ कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसले ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका थिए । गएराति उपचारको क्रममा ट्रमा सेन्टरमा दुवै जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
बस चालक दोलखा घर भएर कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण