कैलालीका ६ वटा खोलामा तटबन्ध निर्माण
कैलाली । जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न ६ वटा नदी तथा खोलामा तटबन्ध निर्माण सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षमा विनियोजित रु एक करोड ३० लाख बजेटमा नदी कटान तथा रोकथाम नियन्त्रण गर्ने उद्देश्यले तटबन्ध निर्माण सुरु भएको हो ।
बर्खामा नदीले खेतीयोग्य जमिन तथा बस्ती कटान गर्ने भएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारको लगानीमा बर्दगोरियाका विभिन्न स्थानका ६ वटा नदी तथा खोलामा तटबन्ध निर्माण भइरहेको भू तथा जलाधार कार्यालय कैलालीले जनाएको छ ।
कार्यालयका इन्जिनियर ताराप्रसाद भट्टका अनुसार उपभोक्ता समितिमार्फत तटबन्ध निर्माण सुरु भएको हो । बर्दगोरिया-४ स्थित कुवाघाटकाँडा नदीमा रु ४० लाखमा ठेक्का लगाई काम सुरु गरिएको इन्जिनियर भट्टले जानकारी दिए ।
उनका अनुसार वडा नं ४ स्थित टुन्द्रा क्षेत्रमा भूक्षय नियन्त्रणका लागि रु १० लाख, वडा नं ६ मा रहेको सुवरखालकाँडा नदीमा रु ३० लाख, वडा नं ६ घैला नदीमा रु १५ लाख, वडा नं २ स्थित पथहरिया नदीको कटान नियन्त्रणका लागि रु १५ लाख र वडा नं ५ मा रहेको पथरैया नदीको कटान नियन्त्रणका लागि रु २० को लागतमा उपभोक्ता समितिमार्फत तटबन्धनको काम सुरु भएको छ ।
बर्दगोरियाका ६ वटै नदी तथा खोलामा चालु आर्थिक वर्षको असारमसान्तसम्ममा काम सम्पन्न गर्नेगरी सम्झौता गरिएको कार्यालयले जनाएको छ । वर्षायाममा ती नदीले बर्सेनि सयौँ हेक्टर जमिन कटान गर्दै आएकामा तटबन्धनले नदी कटान तथा रोकथाम नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । ६ वटै नदीबाट हुने सम्भावित क्षति रोक्न तटबन्धन निर्माण प्रभावकारी हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण