आठ महिनामा १४ खर्ब ८० अर्बको वैदेशिक व्यापार, ११ खर्ब व्यापार घाटा
सारांश
- आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब पुग्यो।
- आयात १२.५४ प्रतिशतले बढेर १२ खर्ब ८९ अर्ब पुगेको छ भने निर्यात २०.८३ प्रतिशतले बढेको छ।
- आयात-निर्यात अनुपातमा सुधार देखिएको छ, अघिल्लो वर्षको तुलनामा यो वर्ष घटेको छ।
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार १३.५५ प्रतिशत बढेर सो स्थानमा पुगेको हो ।
यसमध्ये १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँको आयात तथा १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्यांक छ ।
समीक्षा अवधिमा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको आयात भएको छ । यो गत वर्षको सोही अवधिको आयातको तुलनामा १२.५४ प्रतिशत बढी हो । गत वर्षको यही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोडको आयात भएको थियो । फागुन महिनामा मात्रै १ खर्ब ६५ अर्ब ७६ करोड रुपैयाँ बराबरको आयात भएको छ ।
निर्यात व्यापारमा पनि यो अवधिमा उल्लेख्य सुधार देखिएको छ । फागुन मसान्तसम्म नेपालले १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २०.८३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा निर्यात १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ मात्र सीमित थियो।
तथ्याङ्क अनुसार आयात-निर्यात अनुपातमा भने केही सुधार देखिएको छ। अघिल्लो वर्ष १ रुपैयाँ बराबरको निर्यात गर्दा ७.२४ रुपैयाँ बराबरको आयात हुने गरेकोमा यस वर्ष सो अनुपात घटेर ६.७५ रुपैयाँ कायम भएको छ।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्ष १२.१३ प्रतिशत रहेकोमा यस वर्ष बढेर १२.९१ प्रतिशत पुगेको छ। त्यस्तै, आयातको हिस्सा भने ८७.८७ प्रतिशतबाट सामान्य घटेर ८७.०९ प्रतिशतमा झरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण