इमाडोलमा डेरा कोठा फोरेर गहना चोरी गर्ने र खरिद गर्ने ५ जना पक्राउ, १३ वर्षीय बालक पनि संलग्न
सारांश
- ललितपुरको जानकी टोलमा डेरा गरी बस्ने एक दम्पतीको कोठाबाट सुनचाँदीका गरगहना चोरी गर्ने गिरोह पक्राउ परेको छ।
- चोरीमा संलग्न व्यक्ति र चोरीको सामान खरिद गर्ने सुन पसल सञ्चालकसमेत ५ जना पक्राउ परेका छन्।
- प्रहरीले सुन जस्तो देखिने झुम्का, टप, पाउजु र नगद बरामद गरेको छ, र थप अनुसन्धान भइरहेको छ।
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–४ जानकी टोलमा डेरा गरी बस्ने एक दम्पतीको कोठाबाट सुनचाँदीका गरगहना चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न व्यक्तिहरूसहित चोरीको सामान खरिद गर्ने सुन पसल सञ्चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत चैत ५ गते सिन्धुपाल्चोक स्थायी घर भई जानकी टोल बस्ने साजन श्रेष्ठ र संगिता श्रेष्ठको कोठाबाट विभिन्न गरगहना चोरी भएको उजुरी प्रहरी प्रभाग इमाडोलमा परेको थियो । सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा चोरीमा संलग्न र चोरीको सामान किन्ने गरी ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा १३ वर्षीय एक बालकसमेत रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्ने अन्यमा सुनसरीका २३ वर्षीय सोनाम लामा, काभ्रेकी ५४ वर्षीया लक्ष्मी लामा र ओखलढुङ्गाकी ३१ वर्षीया प्रियंका कार्की छन् । उनीहरू सबै हाल ललितपुरको टिकाथलीमा बस्दै आएका थिए । यसैगरी, चोरीको गहना खरिद गरेको आरोपमा भक्तपुरको मध्यपुर ठिमी–१ स्थित कुशल सुनचाँदी पसलका सञ्चालक ५९ वर्षीय भिमे कामीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने पहेँलो धातुको एक जोर झुम्का, एक थान टप, चाँदी जस्तो देखिने एक जोर पाउजु र ९ हजार १ सय रुपैयाँ नगद बरामद गरेको छ । पक्राउ परेका पाँचै जनालाई प्रहरी वृत्त सातदोबाटोमा राखेर चोरी मुद्दामा ललितपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण