स्कोडाको कीर्तिमानी यात्रा: एक ट्याङ्की इन्धनमा २,८३१ किलोमिटर पार गर्दै गिनिज वर्ल्ड रेकर्ड कायम
सारांश
- स्कोडाले सुपर्ब मोडल प्रयोग गरी एक ट्याङ्की इन्धनमा २,८३१ किलोमिटरको यात्रा गरी विश्व कीर्तिमान कायम गरेको छ।
- यस उपलब्धिले लामो दूरीको यात्रा र इन्धन दक्षतालाई प्राथमिकता दिने नेपाली बजारका लागि महत्त्व राख्छ।
- गाडीले वास्तविक सडकमा औसत २.६१ लिटर/१०० किलोमिटर इन्धन खपत गर्दै कीर्तिमान बनाएको हो।
काठमाडौँ । अटोमोबाइल कम्पनी स्कोडाले आफ्नो इन्जिनियरिङ क्षमता प्रदर्शन गर्दै 'रियल-वर्ल्ड' ड्राइभिङमा नयाँ विश्व कीर्तिमान कायम गरेको छ। स्कोडा सुपर्बको एक मोडलले केवल एक ट्याङ्की इन्धनको प्रयोगबाट २,८३१ किलोमिटर (१,७५९ माइल) को यात्रा सफलतापूर्वक पूरा गर्दै 'गिनिज वर्ल्ड रेकर्ड' कायम गरेको हो।
युरोपमा हासिल गरिएको यो उपलब्धि नेपाल जस्तो बजारका लागि पनि अत्यन्तै सान्दर्भिक मानिएको छ । जहाँ लामो दूरीको यात्रामा इन्धन दक्षता, गाडीको भरपर्दोपन र आत्मविश्वासपूर्ण यात्रालाई विशेष प्राथमिकता दिइन्छ।
यो रेकर्ड उत्पादन मापदण्ड अनुसारको TDI इन्जिनयुक्त स्कोडा सुपर्ब मार्फत हासिल गरिएको हो । जसले लामो दूरीको यात्रामा डिजेल इन्जिनको स्थायी फाइदा र शक्तिलाई पुन: प्रमाणित गरेको छ। व्यावसायिक र्याली चालक मिको मार्चिकले चलाएको उक्त गाडीले यात्राका क्रममा कतै पनि इन्धन पुन: नभरी (रिफिल नगरी) सम्पूर्ण दूरी तय गरेको थियो।
यात्राका क्रममा गाडीको औसत इन्धन खपत प्रति १०० किलोमिटर मात्र २.६१ लिटर रहेको थियो, जुन यसको आधिकारिक इन्धन-दक्षता दर भन्दा पनि उत्कृष्ट हो। यो उपलब्धि कुनै ल्याबको नियन्त्रित परीक्षणमा नभई वास्तविक सडकमा सहज
एक्सेलेरेसन, ब्रेकको कम प्रयोग र स्थिर गति कायम गरी हासिल गरिएको थियो।
नेपालको भौगोलिक अवस्था, जहाँ चालकहरूले लामो राजमार्ग र चुनौतीपूर्ण पहाडी भूभागको सामना गर्नुपर्छ । त्यहाँ यस्तो इन्धन दक्षताले ठूलो महत्त्व राख्छ। पूर्व-पश्चिम राजमार्गको यात्रा होस् वा पर्यटकीय गन्तव्यहरूको भ्रमण, उच्च इन्धन-दक्षताले खर्च बचतसँगै चालकलाई मानसिक सन्तुष्टि प्रदान गर्दछ।
यो कीर्तिमानले गुणस्तरीय र टिकाउ गाडी निर्माण गर्ने स्कोडाको दीर्घकालीन दर्शनलाई फेरि एकपटक पुष्टि गरेको छ। नेपाली सडकमा पहिलेदेखि नै चल्दै आएका लाउरा, सुपर्ब र यति जस्ता मोडलहरूले कठिन भौगोलिक अवस्थामा आफ्नो मजबुत उपस्थिति र विश्वसनीयता प्रमाणित गरिसकेका छन्।
नेपालमा स्कोडाको नयाँ मोडल 'कायलाक' को आगमनसँगै ग्राहकहरूमा स्कोडाको इन्जिनियरिङ र इन्धन दक्षताप्रति थप उत्साह बढेको छ। सुपर्बले कायम गरेको यो विश्व रेकर्डले स्कोडाका गाडीहरू शहरको ट्राफिकदेखि राजमार्गसम्मका लागि व्यवहारिक र दक्ष छन् भन्ने कुरालाई थप बलियो बनाएको छ।
स्कोडाको स्थापित इतिहास र भरोसायोग्य प्रदर्शनका कारण नेपाली बजारमा कायलाकप्रति उच्च अपेक्षा लिइएको कम्पनीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण