संस्थागत विद्यालयहरूलाई बिना अनुमति पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन
सारांश
- धनगढी उपमहानगरपालिकाले विद्यालयहरूलाई बिना अनुमति पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन दिएको छ।
- अभिभावकको गुनासोपछि उपमहानगरपालिकाले पाठ्यपुस्तक परिवर्तनमा रोक लगाएको हो।
- अनुमति बिना पाठ्यपुस्तक परिवर्तन गरे कारबाही गरिने चेतावनी दिइएको छ।
धनगढी । धनगढी उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूलाई बिना अनुमति पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन दिएको छ। नगर कार्यपालिकाको कार्यालयले जारी गरेको पत्रमार्फत यस्तो निर्देशन दिइएको हो ।
उपमहानगरका अनुसार प्रत्येक शैक्षिक सत्रमा विद्यालयहरूले पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकमाथि अनावश्यक आर्थिक बोझ पर्ने गरेको भन्दै गुनासोहरू प्राप्त भएपछि यस्तो निर्णय गरिएको हो । अब उपमहानगरपालिकाको पूर्वस्वीकृति बिना कुनै पनि विद्यालयले पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने स्पष्ट पारिएको छ ।
सूचनामा भनिएको छ, यदि कुनै विद्यालयले बिना अनुमति पाठ्यपुस्तक परिवर्तन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ। यस निर्देशनले अभिभावकको आर्थिक भार कम गर्ने तथा विद्यालय व्यवस्थापनमा पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ।
उपमहानगरपालिकाले धनगढीका सबै निजी विद्यालयहरूलाई आफूखुसी पाठ्यपुस्तक परिवर्तन नगर्न सोमबार नै परिपत्र गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण