खानेपानी मन्त्रालयको दाबीः खानेपानीका आयोजनाहरुलाई महिलामैत्री बनाइएको छ
सारांश
- खानेपानी मन्त्रालयले खानेपानी आयोजनालाई महिलामैत्री बनाउने कुरामा जोड दिएको छ।
- प्रवक्ता मीना श्रेष्ठले लैङ्गिकमैत्री खानेपानी व्यवस्थापनका लागि पालिकामा सिस्टम लागू गरेको बताइन्।
- मन्त्रालयले खानेपानी व्यवस्थापनमा सबैको पहुँच पुर्याउन प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्नेछ।
काठमाडौँ । खानेपानी मन्त्रालयले खानेपानीसम्बन्धी आयोजनाहरुलाई महिलामैत्री बनाउने कामलाई प्राथमिकता दिइएको जनाएको छ ।
विश्व पानी दिवसको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सो मन्त्रालयका प्रवक्ता मीना श्रेष्ठले सो कुरा बताएकी हुन् । मन्त्रालयले लैगिकमैत्री खानेपानीको व्यवस्थापन गर्न सरकारले सबै स्थानीय पालिकाहरुमा खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन सम्बन्धि सिष्टम लागू गरेको पनि उनले स्पष्ट पारिन् ।
खानेपानीको व्यवस्थापनमा सबैको पहुँच पुर्याउनका लागि सरकारले सो सिष्टम लागू गर्नुपरेको पनि प्रवक्ता श्रेष्ठको भनाइ थियो । उनले खानेपानी आयोजनाहरु आवश्यक्ताको आधारमा तय गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराइन् ।
खानेपानी मन्त्रालयले खानेपानी व्यवस्थापनको कामलाई महिलामैत्री बनाउनका लागि प्रदेश र स्थानीय सरकारसँग पनि सहकार्य गरिरहेको पनि दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण