कराते खेलाडी एरिका गुरुङ तमुधि युकेको ‘गुडविल एम्बास्डर’ घोषित
सोमबार, ०९ चैत २०८२, १६ : २८
सारांश
- एरिका गुरुङ तमुधि युकेको सद्भावना दूत नियुक्त भएकी छिन्।
- उनलाई नेपाल कराते महासंघको कार्यालयमा आयोजित कार्यक्रममा नियुक्त गरिएको हो।
- तमुधि युके बेलायतमा रहेको गुरुङ समुदायको सामाजिक संस्था हो।
काठमाडौँ । कराते खेलाडी एरिका गुरुङ तमुधि युकेको ‘गुडविल एम्बास्डर नियुक्त भएकी छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा रहेको नेपाल कराते महासंघको कार्यालयमा आज आयोजित एक विशेष कार्यक्रमका बीच उनलाई सद्भावना दूत घोषणा गरिएको हो।
अन्तर्राष्ट्रिय कराते प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको नाम विश्वभर फैलाउन सफल एरिकालाई तमुधि युकेले सम्मानस्वरूप यो जिम्मेवारी प्रदान गरेको हो। तमुधि युके बेलायतमा रहेका गुरुङ समुदायको एक प्रतिष्ठित सामाजिक संस्था हो, जसले खेलकुद र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ।
उद्घाटन कार्यक्रममा कराते महासंघका पदाधिकारीहरू र तमुधि युकेका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण