तनहुँमा १८३ क्षयरोगी उपचारको दायरामा
सोमबार, ०९ चैत २०८२, १८ : ४२
तनहुँ । तनहुँमा चालु आर्थिक वर्षमा १८३ जना क्षयरोगका बिरामी उपचारको दायरमा आएका छन् । चालु आर्थिक वर्षको आठ महिनामा जिल्लाभित्र ती क्षयरोगी भेटिएका हुन्।
प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलका अनुसार जिल्लाका दशवटै स्थानीय तहमा क्षयरोगी भेटिएका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ३१८ क्षयरोगी भेटिएका थिए । त्यसमध्ये १३ जनाको मृत्यु भएको थियो । उहाँका अनुसार नियमित औषधि सेवन गर्दा क्षयरोग निको हुने दर ९१ प्रतिशत रहेको छ।
त्यसैगरी आव २०८०/८१ मा जिल्लामा ३२५ क्षयरोगी भेटिएका थिए । आव २०७९/८० मा २८५ क्षयरोगका बिरामी भेटिएका थिए । जिल्लास्थित १११ स्वास्थ्य संस्थाबाट क्षयरोगीको उपचार हुने गरेको छ । कँडेलका अनुसार १४ स्वास्थ्य संस्थामार्फत् क्षयरोग पहिचानका लागि खकार परीक्षणको व्यवस्था मिलाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण