पूर्वप्रधानाध्यपक जोशीको स्मृतिमा पुस्तकालय स्थापना
बैतडी । पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । पठन संस्कृतिको विकासका लागि विद्यालयका पूर्वप्रधानाध्यपक शरदप्रसाद जोशीको स्मृतिमा पुस्तकालय स्थापना गरिएको हो।
पुस्तकालय स्थापना भएपछि यहाँका बालबालिकाहरूलाई सहयोग पुग्ने सो विद्यालयका प्रधानाध्यापक वीरेन्द्र केसीले बताउनुभयो । पुस्तकालय स्थापनाले पठन संस्कृतिको विकास हुने र सृजनात्मक अभ्यासका लागि सहयोग पुग्ने उनको भनाइ छ।
जोशीका परिवारको समन्वय तथा नेपाल मेडन जर्मनीको आंशिक आर्थिक सहयोगमा पुस्तकालय स्थापना गरिएको हो । पाटन नगरपालिका–६ टुँडिखाड घर भएका जोशीले लामो समयसम्म कृष्ण माविमा प्रधानाध्यापकको भूमिका निर्वाह गरेका थिए ।
पठन संस्कृतिको विकासका लागि विद्यालयमा पुस्तकालयको स्थापना गरिएको नेपाल मेड जर्मनीका प्रतिनिधि एवं स्वर्गीय जोशीका कान्छा छोरा महेन्द्र जोशीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण