कलेज भर्नाको लागि भारत पुगे पुरुषोत्तम
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुरुषोत्तम यादव भारतको नोएडास्थित विश्वविद्यालयमा एमबीए भर्नाका लागि पुगेका छन्।
- मन्त्रीपरिषद् गठनको चर्चा चलिरहेका बेला यादव भारत गएपछि विभिन्न टिकाटिप्पणी सुरु भएका छन्।
- उनले एमबीएमा नाम दर्ता गराएर फर्किने र कक्षा अनलाइनबाटै लिने बताएका छन्।
काठमाडौँ । जेनजी आन्दोलनका अगुवा एवं राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद पुरुषोत्तम यादव भारत पुगेका छन् ।
भारत उत्तर प्रदेशको नोएडामा रहेको शारदा युनिभर्सिटीमा अध्ययनका लागि नाम लेखाउन उनी त्यहाँ पुगेका हुन् । सोही कलेजबाट ब्याचलर अध्ययन गरेका सांसद यादव एमबीए भर्नाका लागि त्यहाँ गएका हुन् ।
नेपालमा मन्त्रीपरिषद् गठन हुने चर्चा चलिरहेको बेला उनी भारत गएपछि यहाँ विभिन्न टिका टिप्पणी सुरु भएको छ । उनले भने, ‘म सांसदमा शपथ लिएपछि आउजाउमा विभिन्न प्रोटकलको समस्या हुने भनेर नै हतार हतारमा यहाँ आएको हुँ, एमबीएमा नाम दर्ता गराएर फर्किने छु, क्लास अनलाइन नै हुन्छ ।’
नाम दर्ता गराएर सिधै नेपाल फर्किने उनले बताए । कसैसँग कुनै प्रकारको भेटघाट नरहेको बताउँदै उनले आफू भारतमै पढे लेखेको कारण केही साथी भाइ तथा प्रध्यापकहरुसँग भने भेटघाट भए पनि कुनै राजनीतिक भेट नहुने उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
नाटकीय खेलमा सेनेगल पराजित, बेल्जियम विश्वकपको अन्तिम १६ मा
-
बेल्जियमको सनसनीपूर्ण कमब्याक, खेल २–२ को बराबरीमा
-
५१ औँ मिनेटमा इस्माइला सारको गोल, बेल्जियमविरुद्ध सेनेगल २–० ले अघि
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण