पोखरामा प्रहरीको ‘अपरेशन ३६५’ : स्वरुप बदलेर ध्वनी प्रदुषण गर्ने थप १० मोटरसाइकल फन्दामा
बुधबार, ११ चैत २०८२, १० : २२
सारांश
- कास्की प्रहरीले 'अपरेशन ३६५' अन्तर्गत स्वरुप परिवर्तन गरिएका थप १० मोटरसाइकल नियन्त्रणमा लियो।
- पोखरामा ध्वनी प्रदूषण र शान्ति भंग गर्ने गुनासो बढेपछि प्रहरीले कडाइ गरेको हो।
- यस अभियानमा हालसम्म ४१४ सवारी र ३६ व्यक्ति कारबाहीमा परेका छन्।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेशन ३६५’ अन्तर्गत स्वरुप परिवर्तन गरी आतंक सिर्जना गर्ने थप १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।
पोखरा महानगरपालिकाका विभिन्न स्थानमा चर्को आवाज निकाल्दै ध्वनी प्रदुषण गर्ने र शान्ति सुव्यवस्थामा खलल पुर्याउने कार्य बढेको जनगुनासो आएपछि प्रहरीले कडाइ सुरु गरेको हो।
प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार नियन्त्रणमा लिइएका ती सवारी साधनमाथि अहिले कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ। यस अभियान अन्तर्गत हालसम्म जम्मा ४१४ वटा सवारी साधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिएर कारवाही गरिसकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण