विभागीय कार्य सम्पादन प्रणालीको स्थलगत अनुगमनमा कार्यवाहक प्रमुख डंगोल
सारांश
- काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विभागस्तरीय कार्यसम्पादन प्रणालीको अनुगमन सुरु गरिन्।
- अनुगमनका क्रममा सूचना प्रविधि विभागमा कार्यरत कर्मचारीहरूले गरिरहेका कामबारे जानकारी लिइयो।
- विद्युतीय सेवा, तथ्याङ्क व्यवस्थापन, र ई-हाजिरी जस्ता विषयहरूमा कार्यवाहक प्रमुखले चासो देखाइन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसहित विभागस्तरीय कार्य सम्पादन प्रणालीको अनुगमन सुरु गरेकी छन् । मंगलबारदेखि सूचना प्रविधि विभागबाट अनुगमन सुरु भएको हो ।
अनुगमनका क्रममा डेस्कमा भएका अधिकारीहरूले गरिरहेको काम, त्यससँग सम्बन्धित प्रक्रिया, जिम्मेवारी, कार्यभार, कार्य वातावरण, अनुभूति गरेका समस्या, देखिएका चुनौती सामना गर्ने विधिलगायत विषयमा जानकारी लिएकी थिइन् ।
विद्युतीय सेवाका लागि सञ्चालनमा रहेका प्रणाली, काम गर्दा सिर्जना भएका तथ्याङ्क, तथ्याङ्कहरूको विश्लेषण प्रक्रिया, भण्डारण क्षमता, सार्वजनिक गर्नु पर्नु सूचना तथा विवरणहरूको स्वतः वितरणका विषयमा कार्यवाहक डंगोलले जानकारी माग गरेकी थिइन् ।
त्यसक्रममा विभागीय प्रमुख अनिरुद्र नेपालले विभागीय गतिविधिका विषयमा जानकारी गराउँदै यसअघि तयार र सञ्चालन गरिएका प्रणालीलाई एकीकृत गराउने, डाटा सेन्टर सञ्चालन गर्ने, विद्यालयमा ई-हाजिरी कार्यान्वयन गर्ने, सीसीटिभी जडान, ई-हाजिरी, ई- सिफारिस, ई-टिप्पणीलाई प्रभावकारी कार्यान्वयन गर्ने काम प्राथमिकतामा रहेको उल्लेख गरे ।
महाशाखा प्रमुख अशोक श्रेष्ठले जग्गा प्रशासन र घर नम्बरिङ्सँग सम्बन्धित प्रणालीका विषयमा जानकारी गराएका थिए । जग्गा प्रशासन कार्यान्वयनको चरणमा छ । घर नम्बरिङ्का लागि डेक्समा गरिने काम करिब ३० दिनभित्र सम्पन्न हुने चरणमा छ ।
त्यसक्रममा सूचना प्रविधि अधिकृत माधव खनालले, सफ्टवेयर डेभलपमेन्ट एन्ड अपरेसन सेन्टरमा भइरहेका कामका विषयमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण