तत्कालीन आईजीपी खापुङ र उच्च सुरक्षा अधिकृतबिच ११५ पटक फोन सम्पर्क
सारांश
- तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङको सम्पर्क विवरण जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ।
- जेनजी प्रदर्शनको समयमा खापुङ र डीआईजी विश्व अधिकारीबीच ४२ पटक फोन सम्पर्क भएको देखियो।
- तत्कालीन गृहमन्त्री, सभामुख र अन्य उच्च पदस्थ व्यक्तिहरूसँग खापुङको सम्पर्क भएको विवरण प्रतिवेदनमा छ।
काठमाडौँ । जेनजी प्रदर्शन हुँदा भदौ २३ र २४ मा तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ र उच्च सुरक्षा अधिकृतहरूको सम्पर्क विवरण जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
बुधवार सञ्चारमाध्यममार्फत ‘लिक’ भएको प्रतिवेदन अनुसार खापुङले विश्व अधिकारीसँग सबैभन्दा धेरै फोन सम्पर्क गरेको भेटिएको छ । डीआईजी अधिकारी जेनजी प्रदर्शन हुँदा जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए । उनीहरूको बिचमा दुई दिनमा ४२ पटक सम्पर्क भएको कल डिटेल्स रेकर्ड विश्लेषण आयोगले आफ्नो प्रतिवेदनमा समावेश गरेको छ ।
कार्य विभागका तत्कालीन एआईजी सिद्धिविक्रम शाहसँग २८ पटक सम्पर्क गरेको भेटिएको छ । कार्य विभागका एआईजीले दैनिक घटना र हुलदङ्गा नियन्त्रणको नेतृत्व गर्छन् । भदौ २४ मा उपत्यका प्रहरी कार्यालयको कमान्ड समालेका तत्कालीन एआईजी दानबहादुर कार्कीसँग ४ पटक, तत्कालीन मुख्य सचिव एकनारायण अर्यालसँग ३ पटक र तत्कालीन गृहमन्त्री रमेश लेखकका स्वकीय सचिव जनक भट्टसँग भदौ २४ मा ३ पटक सम्पर्क गरेको विवरण आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ ।
भदौ २४ मा तत्कालीन सभामुख देवराज घिमिरेसँग १ पटक, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी ओम रानासँग दुई दिनमा ११ पटक एक अर्काले दुवैको मोबाइल नम्बरमा सम्पर्क गरेको आयोगले उल्लेख गरेको छ ।
पूर्वगृहमन्त्री रमेश लेखकसँग दुई दिनमा ८ पटक र सशस्त्रका आईजी राजु अर्यालसँग २ पटक सम्पर्क भएको भेटिएको छ । खापुङसँग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पिए राजेश बज्राचार्यसँग एक पटक र तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग ९ पटक एक अर्काले सम्पर्क गरेको भेटिएको छ । प्रधानसेनापति अशोक सिग्देलसँग भदौ २ मा दुई पटक सम्पर्क भएको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण