उपेन्द्र यादवको निर्वाचन खर्च नौ लाखभन्दा बढी
सारांश
- उपेन्द्र यादवले आफ्नो निर्वाचन खर्च सार्वजनिक गर्दै ९ लाख ८९ हजार ५०२ रुपैयाँ ३७ पैसा खर्च गरेको बताए।
- सप्तरी-३ बाट चुनाव लडेका यादव राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरीसँग पराजित भए।
- यादवले मनोनयन, प्रचारप्रसार, मतदाता सूची, गाडी भाडा, सम्पर्क कार्यालय, इन्धन र कार्यकर्ता प्रशिक्षणमा खर्च गरेका हुन्।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको चुनावी खर्च नौ लाख ८९ हजार ५०२ रुपैयाँ ३७ पैसा रहेको छ ।
सप्तरी–३ बाट चुनावमा पराजित भएका अध्यक्ष यादव १५ हजार २३९ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरीबाट पराजित भएका हुन् । आमकान्त चौधरीले ३२ हजार ८७५ मत ल्याएका छन् ।
जसपा नेपालका अध्यक्ष यादवले मनोनयन दर्तामा १० हजार, प्रचार प्रसारमा चार लाख ३९ हजार ६४० रुपैयाँ ६ पैसा खर्च गरेका छन् ।
त्यस्तै, मतदाता सूची प्रिन्टका लागि अध्यक्ष यादवले ५१ हजार ८४४ रुपैयाँ ४० पैसा खर्च गरेका छन् । गाडी भाडामा उनले एक लाख ५५ हजार रुपैयाँ खर्च गरेका छन् भने सम्पर्क कार्यालयका लागि ६० हजार रुपैयाँ खर्च गरेका छन् ।
इन्धनमा एक लाख ५० हजार १७ हजार रुपैयाँ ९७ पैसा खर्च गरेका छन् भने कार्यकर्ता प्रशिक्षणमा एक लाख २३ हजार रुपैयाँ उनले खर्च गरेका छन् । उनको सो खर्च विवरणको पत्र सुभाषकुमार यादवले निर्वाचन आयोगमा दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण