क्रिप्टोकरेन्सी कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ
सारांश
- ठमेलबाट अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक बंगलादेशी नागरिक पक्राउ परेका छन्।
- पक्राउ परेका इस्लामको मोबाइलमा ३० लाख बढीको क्रिप्टो कारोबार भेटिएको छ, प्रहरीले जनाएको छ।
- प्रहरीले बैंक खाता र चेकबुकसमेत बरामद गरेको छ, जसले ठूलो सञ्जालको आशंका गरेको छ।
काठमाडौँ । काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलबाट अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा संलग्न एक बंगलादेशी नागरिकलाई प्रहरीले ठूलो परिमाणको दसीका सामानसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार राति ठमेलस्थित छायाँ सेन्टर नजिकैबाट २९ वर्षीय बंगलादेशी नागरिक एमडी सिहाबुल इस्लामलाई नियन्त्रणमा लिएको हो।
बंगलादेशको पाब्ना घर भई हाल ठमेलमै बस्दै आएका इस्लामले मोबाइल एपमार्फत अवैध रूपमा डिजिटल मुद्राको कारोबार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका इस्लामको मोबाइल फोनमा ३० लाख ४९ हजार ७ सय ३६ रुपैयाँ ९३ पैसा बराबरको ‘यूएसडीटी’ लगायतका अन्य क्रिप्टोकरेन्सीको कारोबार भएको भेटिएको छ।
नेपालमा क्रिप्टोकरेन्सीको प्रयोग र कारोबार पूर्ण रूपमा प्रतिबन्धित रहेकाले उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा २६२ (क) बमोजिम अभौतिक मुद्राको प्रयोग गर्न नहुने सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक एवं प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिएका छन्।
प्रहरीले इस्लामको साथबाट विभिन्न बैंकका ३३ थान चेकबुक, ७ थान एटीएम कार्ड र बैंक खाता खोल्न प्रयोग गरिने ७ थान केवाइसी फारम समेत बरामद गरेको छ। यसले उनले ठुलो सञ्जाल बनाएर बैंकिङ प्रणालीमार्फत नै अवैध धन ओसारपसार गरिरहेको हुनसक्ने आशंका उब्जाएको छ। यसका साथै उनको साथबाट ९ थान सिमकार्ड, २ थान मोबाइल फोन, ६० हजार नेपाली नगद र एमडी मोस्ताहिन फाहमिदको नाममा काटिएको २ लाख रुपैयाँको चेक समेत बरामद भएको छ।
पक्राउ परेका बंगलादेशी नागरिकले नेपाललाई ट्रान्जिट बनाएर वा यहाँ बसेर अन्तर्राष्ट्रिय स्तरमा अवैध डिजिटल मुद्राको कारोबार गरिरहेको हुनसक्ने प्रहरीको अनुमान छ। बरामद गरिएका कागजात र उपकरणहरूको सुक्ष्म अध्ययन भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण