अरनिको राजमार्गमा लागुपदार्थ सेवन गरी गाडी चलाउने ५ चालक पक्राउ
सारांश
- काभ्रेपलाञ्चोकको बनेपामा लागुऔषध सेवन गरी सवारी चलाउने ५ जना चालक पक्राउ परेका छन्।
- प्रहरीले विशेष जाँचको क्रममा यात्रुवाहक बस र पानी ट्याङ्करका चालकलाई नियन्त्रणमा लिएको हो।
- पक्राउ परेका चालकहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ।
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको राजमार्गमा लागुऔषध तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो बनेपा नगरपालिका वडा नं. ८ जनागलमा गरिएको विशेष जाँच (चेकजाँच) का क्रममा यात्रुवाहक बस र पानी ट्याङ्करका चालकहरू लागुपदार्थ सेवन गरेको अवस्थामा भेटिएका हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले शिर मेमोरियल अस्पतालका प्राविधिकहरूको सहयोगमा ड्रग्स किट्समार्फत चालकहरूको पिसाब परीक्षण गरेको थियो। प्रहरीले शंकास्पद ३९ वटा सवारी साधनका चालकहरूलाई रोकेर परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो।
पक्राउ पर्नेहरूमा महानगर बसका चालक २६ वर्षीय समिर तामाङ र २० वर्षीय रोहित घतानी विश्वकर्मा, पुण्यवती यातायातका ३८ वर्षीय समिर महत, मयुर यातायातका ३२ वर्षीय महेश चौधरी र पानी ट्याङ्करका चालक २६ वर्षीय सुगम भुजेल रहेका छन्। उनीहरूले सार्वजनिक सडकमा सयौँ यात्रुको ज्यान जोखिममा राखेर नशालु पदार्थको नसामा गाडी गुडाएको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार लागुऔषध सेवन गरी सवारी चलाउने गरेको गोप्य सूचनाका आधारमा यो अप्रेसन चलाइएको हो। पक्राउ परेका चालकहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेटलाइफ स्टेडियमले विश्वकप फाइनल आयोजना गर्ने अवसर कसरी पायो ?
-
इन्डोनेसियामा डुबेको डुङ्गाका पाँच यात्रुको तीन दिनपछि समुद्रबाट जीवित उद्धार
-
प्रक्षेपणअनुसार बाढीको खतरा छैन : विभाग
-
प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सीएम’ कक्ष
-
पर्यटन विधेयकमा संशोधन : पर्यटन प्राधिकरण स्थापना, पर्वतारोहण नियमन र स्थानीय रोयल्टी
-
नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण