रेणु दाहाललाई पराजित गरेकी सोबिता गौतम बनिन् कानुनमन्त्री
सारांश
- प्रधानमन्त्री बालेन शाहको मन्त्रिपरिषदमा सोबिता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएकी छिन्।
- चितवन क्षेत्र नम्बर-३ बाट निर्वाचित गौतमले रेणु दाहाललाई भारी मतले पराजित गरेकी थिइन्।
- गौतम सुशासन, पारदर्शिता र नागरिक अधिकारका मुद्दामा अडिग नेतृको रूपमा परिचित छिन्।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा गठित नयाँ मन्त्रिपरिषदमा चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सोबिता गौतमले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी सम्हालेकी छन् ।
भरतपुर महानगरपालिकाको दुई पटक नेतृत्व गरिसकेकी नेकपाकी नेतृ रेणु दाहाललाई भारी मतान्तरले पराजित गर्दै संसदमा प्रवेश गरेकी गौतमलाई नयाँ सरकारमा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट चितवन–३ मा उम्मेदवारी दिएकी गौतम ५९ हजार २७७ मत प्राप्त गरी निर्वाचित भएकी थिइन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी रेणु दाहाललाई ३८ हजार ६६२ मतको फराकिलो अन्तरले पराजित गरेकी थिइन् । दाहालले २० हजार ६१५ मत प्राप्त गरेकी थिइन् ।
गौतमको राजनीतिक यात्रा २०७९ सालको निर्वाचनबाट सुरु भएको हो । त्यतिबेला उनी काठमाडौँ क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
रास्वपाको केन्द्रीय सदस्यसमेत रहेकी गौतम सुशासन, पारदर्शिता र नागरिक अधिकारका मुद्दामा अडिग नेतृका रूपमा परिचित छिन् । साधारण सामाजिक परिवेशमा हुर्किएकी उनले व्यवस्थापन र सामाजिक विज्ञानमा उच्च शिक्षा हासिल गरेकी छन् ।
कानुनमन्त्रीका रूपमा नियुक्त भएपछि गौतमले नेपालको कानुनी संरचनालाई आधुनिक र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ । विशेषगरी युवा र महिलाहरूको राजनीतिक सहभागिता, सामाजिक न्याय र समावेशी विकास उनका प्राथमिकताका क्षेत्र हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण