भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री सुधनको निर्देशन
शुक्रबार, १३ चैत २०८२, १५ : ५९
सारांश
- नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने निर्देशन दिए।
- उनले सेवा प्रवाहलाई सहज बनाउँदै छिटो सेवा दिन निर्देशन दिएका छन्।
- मन्त्री गुरुङले आगामी पाँच वर्ष देशको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका छन् ।
शुक्रबार मन्त्रालयमा पदबहाली गरेपछि मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका हुन् । भ्रष्टाचार गरेको पुष्टि भए कसैलाई नछाड्ने उनको भनाइ छ ।
उनले आगामी पाँच वर्ष देशको पक्षमा गम्भीर भएर काम गर्ने भन्दै यसमा सबैको सहयोग आवश्यक रहने बताए । उनले आफू जनतालाई परिणाम दिने गरी काम गर्न मन्त्रालयको नेतृत्वमा आएको भन्दै एकद्वार प्रणालीबाट शीघ्र सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिए । आफू बोलेर भन्दा पनि कामबाट नजिता देखाउने उनको भनाइ छ ।
मन्त्री गुरुङले सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई नभएको समेत बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण