सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पूर्वप्रधानमन्त्री प्रचण्डले दिए बधाइ

शुक्रबार, १३ चैत २०८२, २३ : ३१
शुक्रबार, १३ चैत २०८२

सारांश

  • पूर्वप्रधानमन्त्री प्रचण्डले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका छन्।
  • प्रचण्डले सामाजिक सञ्जालमार्फत बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
  • प्रचण्डले नयाँ सरकारबाट सुशासन र समृद्धिको अपेक्षा राखेका छन्।

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाह शुक्रबार नेपालको ४३औँ प्रधानमन्त्रीमा नियुक्त भएसँगै पूर्वप्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाइ ज्ञापन गरेका हुन् ।

बधाइ सन्देश दिँदै प्रचण्डले भने छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेपालको ४३औँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। साथै, नवनियुक्त मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूलाई पनि हार्दिक बधाइ व्यक्त गर्दै सफल कार्यकालको कामना गर्दछु ।’

आफ्नो शुभकामना सन्देशमा प्रचण्डले नयाँ सरकारबाट सुशासन र समृद्धिको अपेक्षा समेत राखेको बताएका छन् । उनले सुशासन, सामाजिक न्याय र समृद्धिप्रतिको जनअपेक्षा पूरा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरणमा नवनियुक्त सरकारको महत्त्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप