जेनजी आन्दोलनका दोषीमाथि कडा कारबाही हुनुपर्छः कार्की
काठमाडौँ । अन्तर्राष्ट्रिय मामिलाका जानकार तथा युवा नेता हिक्मत जंग कार्कीले जेनजी आन्दोलनका दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने धारणा राखेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेको विषयमा टिप्पणी गर्दै कार्कीले भाद्र २३ र २४ गते निर्दोष जेनजी युवाहरूले अकालमा ज्यान गुमाउनु परेको भन्दै त्यसमा संलग्नहरु कारबाहीको दायरामा आउनुपर्ने बताएका हुन् ।
नवनियुक्त बालेन शाह नेतृत्वको सरकारले जाँचबुझ आयोगको सिफारिसलाई कार्यान्वयन गरेको विषयलाई पूर्वाग्रह भनेर टिप्पणी गर्नु गलत हुने उनको भनाइ छ ।
‘कानुन बमोजिम दोषीमाथि कडा कारबाही हुनुपर्छ’, उनले शनिबार बिहान भने, ‘हामीले सम्झिनुपर्ने मुख्य कुरा के हो भने भाद्र २३ र २४ गते हाम्रा निर्दोष युवा भाइबहिनीको बलिदान हो। न्याय सुनिश्चित गर्नु नै पहिलो प्राथमिकता हो, न कि पुराना राजनीतिज्ञको आरोपहरूको पछि लाग्नु।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ औँ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न
-
साउदीबाट आईएमई गर्दा अभिषेक कालाखेतीले जिते बीवाईडी एट्टो १ ईभी
-
विराेध हुने भएपछि हर्क साम्पाङ जानकी मन्दिर गएनन्
-
अर्जुन कपूरसँगको अफेयरको हल्लामा के भन्छिन् साहिबा बाली ?
-
विदेशमा रहेका नेपालीका लागि एउटै प्रकृतिका दुई एप्स
-
झापाका विद्यार्थीलाई विपद् व्यवस्थापन तथा सर्पदंश रोकथाम तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण