बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘परालको आगो’को ‘दुःख सुख जिन्दगानी’ गीतमा सुहाना र प्रकाशको अभिनय

शनिबार, १४ चैत २०८२, १२ : १७
शनिबार, १४ चैत २०८२

सारांश

  • फिल्म 'परालको आगो' को दोस्रो गीत 'दुःख सुख जिन्दगानी' सार्वजनिक गरिएको छ, जसमा प्रकाश सपुत र शान्तिश्री परियारको स्वर रहेको छ।
  • गीतको भिडियोमा सुहाना थापा र प्रकाश सपुतको जोडीलाई प्रस्तुत गरिएको छ, र यसलाई दर्शकले माया गर्ने अपेक्षा गरिएको छ।
  • यो फिल्म गुरु प्रसाद मैनालीको कृति 'परालको आगो' बाट प्रेरित छ, र बैशाख ११ गतेबाट प्रदर्शनमा आउँदैछ।

काठमाडौँ । बैशाख ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’ दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रकाश सपुत र गायिका शान्तिश्री परियारको स्वर रहेकोछ ।  प्रकाशकै शब्द तथा संगीत रहेको गीतको संगीतसंयोजन सुदिप सागरले गरेका हुन् ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा र प्रकाश सपुतलाई देख्न सकिन्छ । मायालु भावका प्रस्तुत भएका सुहाना र प्रकाशको जोडीलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ । लोकलयमा आधारित गीतमा गाउँमा भएको घाँस दाउरा, बाख्रा गोठालाको दृश्यलाई गीतको पर्दामा देखिन्छन् । जुन गीतमा एकदमै सुहाना र प्रकाशलाई सुहाउँदो देखिन्छ । गीतको कोरियोग्राफी रामजी लामिछानेको छ भने फिल्मको निर्देशन लक्ष्मण सुनारले गरेका हुन्

यसअघि सार्वजनिक गीत ‘उडी जाउँ भने,म पन्छी होइन’लाई भने दर्शकले रुचाएका छन् ।  गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय छ ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मको निर्मातामा सुशील पोखरेल हुन् । सङ्कल्प भुजेलको छायाङ्कन,रामजी लामिछाने,मिलन श्रेष्ठको सम्पादन रहेको फिल्ममा सुलभी पोखरेल र सत्यम पोखरेल पनि निर्माता हुन् । फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ। गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’को नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप