अपडेट
एमालेका कार्यकर्ताहरूले जलाए जाँचबुझ आयोगको प्रतिवेदन
शनिबार, १४ चैत २०८२, १४ : ३६
सारांश
- एमाले कार्यकर्ताले केपी ओलीको पक्राउको विरोध गर्दै जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन्।
- कार्यकर्ताले सरकारले प्रतिशोध लिएको आरोप लगाए, अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ।
- ओलीको रिहाइको माग गर्दै टायर बालेर प्रदर्शन गरियो, एमाले सचिवालयले आन्दोलनको घोषणा गर्यो।
काठमाडौँ । नेकपा एमालेका कार्यकर्ताहरूले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन् । पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरूले शनिबार पार्टी कार्यालय च्यासल बाहिर जाँचबुझ आयोगको प्रतिवेदन जलाएका हुन् ।
उनीहरुले वर्तमान सरकारले प्रतिशोध साध्न खोजको भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यस्तै, शनिबार नै एमाले निकट अनेरास्ववियुले काठमाडौँ भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका छन् ।
अध्यक्ष ओलीलाई रिहाइको माग गर्दै उनीहरुले टायर बाल्दै प्रदर्शन गरेका हुन् । उनीहरुले पनि जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन् । राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै एमाले सचिवालयले आन्दोलनको घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण