काठमाडौँमा बंगलादेशी दूतावासले मनायो ५५औँ राष्ट्रिय दिवस
सारांश
- काठमाडौंस्थित बंगलादेशी दूतावासले आफ्नो ५५औँ स्वतन्त्रता दिवसको अवसरमा भव्य समारोह आयोजना गर्यो।
- समारोहमा नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव मुख्य अतिथिका रूपमा सहभागी थिए, जहाँ दुई देशबीचको सम्बन्धबारे छलफल भयो।
- बंगलादेशका राजदूतले नेपालसँगको सम्बन्धलाई व्यापार, लगानीलगायतका क्षेत्रमा अझै मजबुत बनाउने प्रतिबद्धता जनाए।
काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले आफ्नो ५५औँ स्वतन्त्रता तथा राष्ट्रिय दिवसको अवसरमा भव्य समारोह आयोजना गरेको छ । उक्त विशेष समारोहमा नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव मुख्य अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा नेपालमा रहेका विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका प्रमुख, मन्त्री, राजनीतिक नेता, सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र बंगलादेशी समुदायको बाक्लो उपस्थिति थियो । समारोहलाई सम्बोधन गर्दै नेपालका लागि बंगलादेशी राजदूत मोहम्मद सफिकुर रहमानले बंगलादेशको ९ महिना लामो मुक्ति संग्राममा प्राण उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
उनले बंगलादेशको स्वतन्त्रता युद्धका क्रममा नेपाल सरकार र नेपाली जनताले पुर्याएको नैतिक तथा भौतिक सहयोगको स्मरण गर्दै प्रशंसा गरे । उनले आगामी दिनमा नेपालसँग व्यापार, लगानी, ऊर्जा, संस्कृति, शिक्षा र पर्यटन जस्ता क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता समेत जनाए ।
राजदूत रहमानले नेपालमा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारलाई बधाई दिँदै उनको कार्यकालमा दुई देशबिचको सहकार्यले नयाँ उचाइ लिने विश्वास व्यक्त गरे । यस्तै, उनले बंगलादेशमा प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा बनेको नयाँ सरकारका योजना र पहलहरूबारे जानकारी दिँदै नेपाल र अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न तयार रहेको बताए ।
समारोहमा बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानलाई सन् २०२७–२०२८ का लागि संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अध्यक्ष पदको उम्मेदवारका रूपमा अघि सारिएको जानकारी दिँदै राजदूतले नेपालको समर्थन समेत मागे ।
समारोहको बिचमा उपराष्ट्रपति यादव र राजदूत रहमानले संयुक्त रूपमा वार्षिकोत्सवको केक काटेका थिए । दुवैले टोस्ट साटासाट गर्दै दुई मैत्रीपूर्ण राष्ट्रबीचको अटुट मित्रताको कामना गरे । सो अवसरमा उपराष्ट्रपति र राजदूतबिच द्विपक्षीय हितका विषयमा छुट्टै संक्षिप्त कुराकानी समेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण