केन्द्रीय सुरक्षा समितिमा बदलिँदो परिस्थितिबारे छलफल
काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि उत्पन्न परिस्थितिबारे केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा शनिबार साँझ सम्पन्न बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, आईजीपी दानबहादुर कार्की, सशस्त्रका आईजी राजु अर्याल, रक्षा सचिव, सैनिक प्रतिनिधी, प्रहरीका एआईजी उमा चुतर्वेदी र सशस्त्रका एआईजी गणेश ठाडामगर सहभागी थिए ।
भदौ २३ र २४ को घटनाबारे जाँचबुझ आयोगको सिफारिसको आधारमा ओली र लेखकलाई पक्राउ गरेपछि काठमाडौँसहित २२ ठाउँमा प्रदर्शन भएकोबारे सुरक्षा प्रमुखहरूले गृहमन्त्रीलाई ब्रिफिङ गरेका छन् । केन्द्रीय सुरक्षा समितिले पक्राउको विरोधमा एमाले र कांग्रेसका कार्यकर्ताले गरेको विरोध प्रदर्शन अपेक्षा गरेभन्दा कमजोर भएको निष्कर्ष निकालिएको बैठकमा सहभागी एकजना अधिकृतले रातोपाटीलाई बताए । बैठकमा सहभागी ती अधिकृतले भने, ‘अपेक्षाकृत कमजोर प्रदर्शन भएको हाम्रो निष्कर्ष छ ।’
विरोध प्रदर्शनपछि केन्द्रीय सुरक्षा समितिमा सम्भावित परिस्थितिबारे छलफल भएको छ । सुरक्षा समितिको निर्णयअनुसार देशभर सुरक्षा चुनौती बढेको भन्दै देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । आज काठमाडौँसहित २१ ठाउँमा नेकपा (एमाले) र कांग्रेसका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
काठमाडौँको बबरमहलमा प्रदर्शनमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण