ललितपुरको द प्लाजामा मोडलले देखाए प्रकृतिबाट प्रेरित फेसन
सारांश
- ललितपुरको द प्लाजामा नमुना कलेज अफ फेशन टेक्नोलोजीले २०औँ फेसन शो आयोजना गर्यो, जसमा ६२ डिजाइनरका सिर्जना प्रस्तुत गरियो।
- शोमा नेपालको प्राकृतिक सौन्दर्य र जैविक विविधतालाई समकालीन फेसनमार्फत प्रस्तुत गर्दै विभिन्न विषयवस्तुमा आधारित पहिरन प्रदर्शन गरियो।
- कार्यक्रममा फेसन क्याटलगको विमोचन गरियो र निर्णायक मण्डलले उत्कृष्ट डिजाइनहरूको मूल्याङ्कन गर्यो।
काठमाडौँ । ललितपुरस्थित द प्लाजा नेपाल शनिबार साँझ फेसनमय भयो । नमुना कलेज अफ फेशन टेक्नोलोजी (एनसीएफटी)द्वारा आयोजित २०औँ ग्र्याजुएसन फेसन शो फेसनमा अनुपम नमुनाहरू प्रस्तुत गरिएको थियो । फेशन डिजाइनिङमा स्नातक हुँदै गरेका ६२ जना विद्यार्थी डिजाइनरहरूको सिर्जनात्मक यात्रालाई समेट्दै कार्यक्रममा छ वटा अवधारणामा आधारित फेसन हो गरिएको थियो । ती फेसनले नेपालको विविध प्राकृतिक भू–परिदृश्य तथा जैविक विविधताको सौन्दर्यलाई समकालीन फेसनमार्फत प्रभावकारी ढङ्गले अभिव्यक्त गरेका थिए ।
‘विविधायन सौन्दर्यम्’ अर्थात् विविधताबाट जन्मिने सौन्दर्य भन्ने मूल विचारले सम्पूर्ण प्रस्तुतिको दार्शनिक आधार तयार गरेको थियो। नेपालका वन, सिमसार क्षेत्र, हिमाली भूभाग, वन्यजन्तु तथा पुष्पीय विविधताबाट प्रेरणा लिँदै डिजाइनरहरूले प्रकृतिका विभिन्न तत्त्वलाई फेसन कथामा रूपान्तरण गरेका थिए। रनवेमा ६२ वटा विशिष्ट डिजाइनर पोसाकका साथै छ वटा विशेष ‘क्रिएटिभ मास्टरपिस’ पनि प्रदर्शन गरिएका थिए, जसले प्रकृति, संस्कृति र समकालीन डिजाइनबिचको सन्तुलित संयोजनलाई उजागर गरेका थिए ।
कार्यक्रमको औपचारिक सुरुवात नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरले गरेकी थिइन् । रोजिन शाक्यको कोरियोग्राफी रहेको शोमा व्यावसायिक मोडल र एनसीएफटीका विद्यार्थी गरी कुल ३२ जना मोडलहरूले डिजाइनरहरूको सिर्जनालाई आकर्षक ढङ्गले प्रस्तुत गरेका थिए ।

फेसन शोको सुरुवात ‘नेपालियमः ह्वेयर आइस फाइन्ड्स इट्स फ्लो’ले हिमनदी र जलप्रवाहबीचको परिवर्तनशील सम्बन्धलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्दै सुरु भएको थियो । यसपछि प्रस्तुत ‘इरिडेसन्ट शेल्सः आर्मर सफ्टेन्ड बाइ एलेगेन्स’, ‘आवरण मृत्तिकाः बिनिथ, बियोन्ड, बिकमिङ’ले माटोको गहिराइभित्र चल्ने प्राकृतिक प्रक्रियाहरूलाई आफ्नो विषयवस्तु बनाएको थियो। हिमाली प्रेरणाबाट सृजित ‘एभियोराः विङ्स अफ द हिमालय’ संग्रहले उडान, स्वतन्त्रता र आकांक्षाको भावलाई व्यक्त गरेको थियो। हल्का कपडा, पखेटाजस्ता संरचना र गतिशील सिल्हुएटहरूले हिमाली परिवेशको उचाइ, शक्ति र सहनशीलतालाई प्रतिबिम्बित गरेका थिए ।

पर्यावरणीय सचेतनालाई केन्द्रमा राखेर प्रस्तुत गरिएको “रेड लिस्ट रिभेरी” संग्रहले नेपालका संकटग्रस्त वन्यजन्तु—हिमचितुवा, रातो पाण्डा र घडियाल—तर्फ ध्यान केन्द्रित गराएको थियो। माटोका रंग, संरचित डिजाइन र गाढा रातो रंगको प्रयोगले संरक्षण र अस्तित्वको सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको थियो ।
कार्यक्रमको अन्तिम शो ‘वनस्पति कुसुमः फरेस्ट ब्लुम्स अफ नेपाल’ ले नेपालको पुष्पीय विविधतालाई काव्यात्मक शैलीमा प्रस्तुत गरेको थियो। गुलाबी र हरिया रंगको संयोजन, कोमल कपडा र सुन्दर सिल्हुएटहरूले गुलाब, लालीगुराँस, अर्किड, कमल र लिली जस्ता फूलहरूको सौन्दर्यलाई कलात्मक रूपमा अभिव्यक्त गरेका थिए ।

यी छवटै संग्रहहरूले समकालीन नेपाली फेसनको विकसित हुँदै गएको पहिचानलाई उजागर गरे, जहाँ फेसन केवल वस्त्र निर्माणको सीमाभित्र सीमित नरही विचार, कथा र भावनात्मक अभिव्यक्तिको माध्यमका रूपमा प्रस्तुत भएको देखियो। प्रत्येक सङ्ग्रहको अन्त्यमा प्रस्तुत गरिएको ‘मास्टरपिस’ डिजाइनले डिजाइनरको अवधारणा र सिर्जनात्मक यात्राको सारलाई प्रतिनिधित्व गरेको थियो ।

कार्यक्रमा एनसीएफटी फेसन क्याटलगको चौथो संस्करणको सार्वजनिक विमोचन पनि गरिएको थियो । उक्त क्याटलग पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार प्रोफेसर डा. कल्याणी मिश्रा त्रिपाठी, व्यवस्थापन संकायका डिन डा. सन्देश दास श्रेष्ठ, नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर, मिस नेपाल कज्मो २०२५ दिपशिखा नेपाल तथा मिस नेपाल इन्टरनेसनल २०२५ उरुषा भण्डारीले संयुक्त रूपमा विमोचन गरेका थिए । विमोचन परिवेशषमा कलेजका भाइस प्रिन्सिपल जीवेश्वर लाल श्रेष्ठ तथा एनसीएफटीको १९औँ ब्याचका कार्यक्रम संयोजकहरूको पनि उपस्थिति रहेको थियो ।
_ZrHIi66mqg.jpg)
२०औँ ब्याचका विद्यार्थी डिजाइनरहरूको सिर्जनालाई मूल्याङ्कन गर्न प्रतिष्ठित निर्णायक मण्डल सहभागी भएको थियो। निर्णायक मण्डलमा सीटीईभीटीका पूर्व उपाध्यक्ष डा. कुल बहादुर बस्नेत, साखः ग्रुपका अध्यक्ष किरण प्रकाश साखः, पद्मकन्या बहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख प्रा. डा. जयलक्ष्मी प्रधान, फेसन शिक्षाविद् राजेन्द्र सिंह, फेयर–ट्रेड ग्रुप नेपालका डा. सुनिल चित्रकार, फेसन डिजाइनर मुक्ता श्रेष्ठ र मनिश राई, तथा मिस सुप्रानेसनलका नेशनल डाइरेक्टर एवं मिस्टर नेपाल २०१९ डा. सन्तोष उपाध्याय रहेका थिए।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण