बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मलाई पक्राउ गरेर आन्दोलन कमजोर पार्ने षड्यन्त्र भइरहेको छ: महेश बस्नेत

आइतबार, १५ चैत २०८२, २२ : ३७
आइतबार, १५ चैत २०८२

सारांश

  • एमाले सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरेर आन्दोलन कमजोर पार्ने षडयन्त्र भइरहेको आरोप लगाए।
  • बस्नेतले पुरानो मुद्दा ब्युँताएर पक्राउ गर्ने र मिडिया ट्रायल गर्ने योजना बनाइएको दाबी गरेका छन्।
  • शोभा पाठकले बस्नेतविरुद्ध पक्राउ गरी कारबाही गर्न माग गर्दै जाहेरी दर्ता गराएकी छन्।

काठमाडौँ । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भइरहेको प्रतिशोधात्मक कारबाहीको विरोधमा उठेको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले आफू विरुद्ध पुरानै मुद्दालाई पुनः ब्युँताएर पक्राउ गर्ने र मिडिया ट्रायल गर्ने योजना बनाइएको दाबी गरेका हुन् । 

बस्नेतले आफ्नो फेसबुक स्ट्याटसमा तीन वर्षअघि एक फेक व्यक्ति लाई अगाडि सारेर आफू विरुद्ध झुट्टा जाहेरी दर्ता गराइएको र उक्त जाहेरी प्रहरी अनुसन्धानबाटै फर्जी प्रमाणित भइसकेको दाबी गरेका छन् । सोही विषयमा उच्च अदालत पाटनमा परेको रिट खारेज भइसकेको र मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा फेरि उही व्यक्तिलाई प्रयोग गरेर तेस्रो पटक जाहेरी दिन लगाइएको उनको आरोप छ ।

आफू फरार रहेको र फोन अफ गरेको भन्ने प्रचारलाई उनले पूर्णतः भ्रामक र गलत भएको बताएका छन् । ‘मेरो फोन अफ रहेको र म फरार भएको भन्ने प्रचार पूर्णतः भ्रामक र गलत हो। यस्ता हल्ला फैलाएर जनमत भ्रमित गर्ने प्रयास भइरहेको छ। यस्ता कुकर्महरूको परिणाम अन्ततः सम्बन्धित पक्षका लागि नै कठिन साबित हुनेछ ।’, उनले लेखेका छन् ।

उनकै कारण आफू पीडित भएको भन्दै शोभा पाठकले आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा पक्राउ गरी कारबाही गर्न मागसहित पूरक जाहेरी दर्ता गराएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप