लेबनानमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमाथि आक्रमण : एक जनाको मृत्यु, अर्का गम्भीर घाइते
सारांश
- लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको पोस्टमा बम विस्फोट हुँदा एक सैनिकको मृत्यु भयो।
- विस्फोट दक्षिणी लेबनानी गाउँ अदचित अल-कुसायर नजिकै भएको थियो, जसमा अर्का एक सैनिक घाइते भए।
- यूनिफिलले घटनाको अनुसन्धान सुरु गरेको छ, तर विस्फोट कसले गरायो भन्ने खुलेको छैन।
अल-कुसायर । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय अन्तरिम शान्ति मिसन (यूनिफिल) को पोस्टमा बम विस्फोट हुँदा एक जना शान्ति सैनिकको मृत्यु भएको छ । दक्षिणी लेबनानी गाउँ अदचित अल-कुसायर नजिकै रहेको सैन्य पोस्टमा मार्च २९ का दिन भएको उक्त विस्फोटमा अर्का एक सैनिक गम्भीर घाइते भएका छन् । यूनिफिलले सोमबार बिहान विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो ।
विस्फोट भएको वस्तु (प्रोजेक्टाइल) कहाँबाट र कसले प्रहार गरेको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । राष्ट्रसंघीय मिसनले घटनाको सत्यतथ्य पत्ता लगाउन विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ । इजरायल र इरान समर्थित हिजबुल्लाह लडाकुहरूबिच जारी भिडन्तको केन्द्र मानिने दक्षिणी लेबनानको सीमा क्षेत्रमा यूनिफिलले निगरानी गर्दै आएको छ ।
पछिल्लो दुई वर्षयता इजरायल र हिजबुल्लाहको दोहोरो चपेटामा शान्ति सैनिकहरू पटक–पटक पर्ने गरेका छन् । यसअघि मार्च ६ मा पनि घानाका शान्ति सैनिकहरू बसेको मुख्यालयमा मिसाइल प्रहार हुँदा दुई सैनिक गम्भीर घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण