समाचार
रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथिको सुनुवाइ सकियो
सोमबार, १६ चैत २०८२, १२ : ४९
सारांश
- पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ सकियो।
- गैरकानुनी थुनामा राखिएको भन्दै लेखकलाई रिहा गर्न माग गरिएको छ।
- जेनजी आन्दोलनमा भएको दमनमा संलग्न भएको आरोपमा लेखक पक्राउ परेका थिए।
काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि जारी सुनुवाइ सोमबार सकिएको छ । सो निवेदनमाथिको सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो ।
गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै लेखकलाई तत्काल रिहाइ गर्न माग गर्दै आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता लेखकका तर्फबाट यशोदा लेखकले निवेदन दर्ता गराएकी हुन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरू विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण