हर्मुजमा नयाँ ‘सिष्टम’ लागू गर्दै इरान
सारांश
- इरानले हर्मुज स्ट्रेटमा नयाँ नियन्त्रण प्रणाली लागू गर्ने तयारी गरेको छ, जसले अनुमति बिना जहाजलाई पार गर्न दिनेछैन।
- इरानी सांसदले जहाजहरूको सुरक्षा र सेवाका लागि शुल्क लिने योजना बनाएको बताएका छन्, जसले अन्तर्राष्ट्रिय जहाजहरूलाई असर गर्नेछ।
- बोरुजेर्दीले आणविक हतियार अप्रसार सन्धीको सान्दर्भिकतामाथि प्रश्न उठाएका छन् र इरानले सन्धिबाट बाहिरिने समय आएको बताएका छन्।
तेहरान । इरानले रणनीतिक स्ट्रेट अफ हर्मुजमा नयाँ नियन्त्रण प्रणाली लागू गर्ने तयारी गरेको संकेत दिएको छ । इरानी संसद (मजलिस)का सदस्य अलाएद्दिन बोरुजेर्दीले यससम्बन्धी प्रस्ताव चाँडै अनुमोदन हुने बताएका छन् ।
उनका अनुसार प्रस्तावित नयाँ प्रणाली अन्तर्गत इरानको अनुमति बिना कुनै पनि जहाजलाई उक्त स्ट्रेट पार गर्न दिइने छैन । यसले विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्गमा इरानको नियन्त्रण थप कडा बनाउने देखिएको छ ।
‘जहाजहरूको सुरक्षा सुनिश्चित गर्न र सेवा उपलब्ध गराउन लागत लाग्छ, त्यसैले ट्रान्जिट टोल उठाउने व्यवस्था गर्न आवश्यक छ ।’ अझ अगाडि उनले भनेका छन् । यसले स्ट्रेट अफ हर्मुज भएर जाने अन्तर्राष्ट्रिय जहाजहरूबाट शुल्क असुल्ने योजना स्पष्ट गरेको छ । बोरुजेर्दीले आणविक नीतिबारे पनि कडा अभिव्यक्ति दिएका छन् ।
इजरायल र अमेरिकाले इरानका आणविक संरचनामा आक्रमण गरेपछि आणविक हतियार अप्रसार सन्धी सान्दर्भिक नरहेकोमा पनि उनले जोड दिएका छन् । इरानले उक्त सन्धिबाट बाहिरिने समय आएको दाबी उनको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण