अर्थमन्त्री वाग्लेले भने– ‘हामी नोटबन्दी गर्दैनौँ’
सोमबार, १६ चैत २०८२, १६ : ४५
सारांश
- अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकार नोटबन्दीको बाटोमा नजाने बताएका छन्।
- सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले नोटबन्दी नगर्न आग्रह गरेका थिए।
- मन्त्री वाग्लेले उक्त आग्रहको जवाफमा आफू नोटबन्दी नगर्ने बताए।
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले नोटबन्दीको बाटो नलिने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफू नोटबन्दीको बाटोमा नजाने बताएका हुन् ।
एयरलाइनगाई नामक एम्स प्रयोगकर्ताले सामाजिक सञ्जाल एक्समा वाग्लेलाई नोटबन्दीको बाटोमा नजान आग्रह गरेका थिए ।
‘आदरणीय स्वर्णिम वाग्लेज्यू, कृपया सन् २०१६ मा भारतले गरे जस्तै सस्तो लोकप्रियताको पछाडि लागेर नोटबन्दी (विमुद्रीकरण) नगर्नुहोला । यसले काम गर्दैन’ उनले लेखेका थिए, ‘यसले गरिबहरूलाई दुःख मात्र दिन्छ र राष्ट्रलाई ठुलो आर्थिक क्षति पुऱ्याउँछ। भ्रष्टाचारीहरूलाई कारबाही गर्ने अरू धेरै राम्रा उपायहरू छन्।’
जवाफमा उनले लेखेका छन्– ‘हामी गर्दैनौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण