एनआरएनए अध्यक्ष डा. शर्माद्वारा ११ बुँदे 'प्रगति विवरण' सार्वजनिक
सारांश
- एनआरएनएका नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले ११ बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन्।
- अध्यक्ष शर्माले नेपाल सरकार र सरोकारवाला निकायहरूसँग समन्वयलाई तीव्रता दिएका छन्।
- एनआरएनएले मध्यपूर्वमा संकटमा परेका नेपालीका लागि १० करोडको कोष बनाउने निर्णय गरेको छ।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले आफ्नो कार्यभार सम्हाले यताका मुख्य गतिविधिहरू समेटिएको ११ बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन्। संघलाई प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्यसहित उनले अबदेखि प्रत्येक आइतबार ‘प्रिसेडेन्ट रिपोर्ट’ मार्फत आफ्ना गतिविधिहरू सार्वजनिक गर्ने नयाँ परम्पराको सुरुवात गर्ने बताएका छन् ।
सोही अनुसार आइतबार अबेर सार्वजनिक विवरण अनुसार, अध्यक्ष शर्माले कार्यकालको सुरुवातमै नेपाल सरकार र सरोकारवाला निकायहरूसँगको समन्वयलाई तीव्रता दिएको उल्लेख गरेका छन् ।
जसअनुसार अध्यक्ष शर्माले मार्च १७ मा परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट गरी गैरआवासीय नेपाली नागरिकता र डायस्पोराको हितका विषयमा छलफल गरेका थिए । यस्तै, मार्च २७ मा नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर सफल कार्यकालको शुभकामना दिँदै नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए। मार्च २३ मा नेपाल उद्योग वाणिज्य महासंघसँग भएको भेटमा गैरआवासीय नेपालीहरूको पुँजी, सीप र अनुभवलाई नेपालको पूर्वाधार, पर्यटन र सूचना प्रविधि क्षेत्रमा जोड्ने आधार तयार गरिएको रिपोर्टमा उल्लेख छ।
मध्यपूर्वमा उत्पन्न संकट र त्यहाँ रहेका नेपालीहरूले भोगिरहेका समस्या समाधानका लागि संघले विशेष सक्रियता देखाएको छ। मार्च २७ मा बसेको भर्चुअल बैठकले १० करोड रुपैयाँको कोष संकलन गर्ने, प्रत्येक सदस्यबाट अनिवार्य १ अमेरिकी डलर जम्मा गर्ने र राहत वितरणका लागि कार्यविधि तयार गर्न समिति गठन गर्ने निर्णय गरेको छ।
संघले आन्तरिक संरचनालाई मजबुत बनाउन मार्च १८ देखि २० सम्म रणनीतिक कार्यशाला सम्पन्न गरेको छ। जसमा आगामी कार्यकालका लागि ११ वटा विभागहरू गठन गरिएको छ, जसको नेतृत्व अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षले गर्नेछन्।
यस्तै, फ्रान्समा लामो समयदेखि रहेको समानान्तर समितिको विवाद अन्त्य गर्दै दिलीप गुरुङको नेतृत्वमा एकीकृत कार्यसमिति गठन गरिएको छ। लक्जेम्बर्गमा पनि दुर्गा थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
अध्यक्ष शर्माले गैरआवासीय नेपाली नागरिकता र सम्पत्तिको अधिकारका विषयमा विज्ञहरूसँग परामर्श सुरु गरेका छन्। संघले यी विषयमा आफ्नो आधिकारिक धारणा तयार गरी नयाँ सरकारलाई बुझाउने तयारी गरेको छ।
अध्यक्ष शर्माले आफूलाई निर्विरोध निर्वाचित गर्ने सम्पूर्ण गैरआवासीय नेपालीहरूप्रति आभार प्रकट गर्दै संघको पारदर्शिताका लागि साप्ताहिक रिपोर्टिङलाई निरन्तरता दिने बताएका छन् ।
यो कदमले विश्वभर छरिएका नेपाली समुदायमा संघप्रतिको विश्वास र अपनत्व बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण