कालिकोटमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
काठमाडौँ । कालिकोटको नरहरिनाथ गाउँपालिका–३ स्थित कुमाल गाउँमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
सोमबार बिहान २६ वर्षीय मनपुरा अधिकारी बुढाको हत्या भएको खबर आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । हत्यामा संलग्न आरोपमा मनपुराका श्रीमान २९ वर्षीय काशिराम बुढालाई पक्राउ गरिएको कालिकोटका डीएसपी हिम बहादुर खत्रीले रातोपाटीलाई बताए ।
बञ्चरो प्रहार गरेर काशीरामले पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । डीएसपी खत्रीले भने, ‘बञ्चरोले टाउकोमा प्रहार गरेको देखिन्छ ।’
भारतमा बस्दै आएका काशिराम एक साताअघि कालिकोट फर्केका थिए । सोमबार पत्नीको हत्यापछि बिहान ३ बजेतिर उनी वडा अध्यक्षकहाँ पुगेका थिए । वडा अध्यक्षकहाँ गएर उनले भने, ‘३–४ जना मानिस आएर मेरो श्रीमतीलाई आक्रमण गरे, म भागेर आएँ ।’
वडा अध्यक्षले इलाका प्रहरी कार्यालयलाई घटनाबारे जानकारी गराएका थिए । मृतक मनपुराका ९ वर्षीया छोरी, ४ वर्षको छोरा र डेढ बर्षको छोरा छन् । आरोपीले आफूले हत्या गरेको स्वीकार गरेको डीएसपी खत्रीले जानकारी दिए । घरायसी विवाद हुँदा हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
-
एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण