‘धुरन्धर २’ बन्यो बलिउडको तेस्रो सर्वाधिक कमाउने फिल्म
सारांश
- रणवीर सिंहको फिल्म 'धुरन्धरः द रिभेन्ज' ले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको छ।
- फिल्मले भारतमा ८४६.८७ करोड र विश्वव्यापी रूपमा १३५० करोड कमाएर कीर्तिमान बनाएको छ।
- यो फिल्मले 'दंगल' र दक्षिण भारतीय फिल्मका रेकर्ड तोडेको छ, र अब 'पुष्पा २' र 'बाहुबली २' लाई पछ्याइरहेको छ।
मुम्बई । बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धरः द रिभेन्ज’ ले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। प्रदर्शनको ११औँ दिनसम्म आइपुग्दा यो फिल्म बलिउडकै तेस्रो सबैभन्दा बढी कमाउने फिल्म बन्न सफल भएको हो।
ट्रेड वेबसाइट सैकनिल्कका अनुसार फिल्मले भारतमा मात्रै ८४६.८७ करोड भारतीय रुपैयाँ संकलन गरिसकेको छ भने विश्वव्यापी रूपमा यसको व्यापार १३५० करोड पुगेको छ। रिलिजको दोस्रो आइतबार अर्थात् २९ मार्चमा मात्रै ६८.१० करोड कमाएको यस फिल्मले शनिबार ६२.८५ करोडको व्यापार गरेको थियो।
यो फिल्म अब आफ्नै अघिल्लो भाग ‘धुरन्धर’ को १४२८ करोडको लाइफटाइम कलेक्सन रेकर्ड तोड्न निकै नजिक पुगेको छ। हाल बलिउडमा आमिर खानको ‘दंगल’ सर्वाधिक कमाउने फिल्मको सूचीमा पहिलो स्थानमा छ भने ‘धुरन्धर’ दोस्रो स्थानमा रहेको छ।
सबै भाषाहरूलाई समेट्दा यो फिल्म भारतकै पाँचौँ धेरै कमाउने फिल्म बनेको छ। यसले दक्षिण भारतीय ब्लकबस्टर फिल्महरू ‘आरआरआर’ र ‘केजीएफ च्याप्टर २’ को रेकर्डलाई पछि पारिसकेको छ भने अब ‘पुष्पा २’ र ‘बाहुबली २’ लाई पछ्याइरहेको छ।
रोचक पक्ष के छ भने, दंगल बलिउडको सबैभन्दा बढी कमाउने फिल्म भए पनि यसको अधिकांश कमाइ वैदेशिक बजारबाट भएको थियो, जबकि भारतमा यसले ५११ करोड मात्र कमाएको थियो। तर भारतभित्रैको कमाइलाई हेर्ने हो भने बाहुबली २ (१४२९ करोड) पहिलो, अल्लु अर्जुनको पुष्पा २ दोस्रो र 'धुरन्धर' तेस्रो स्थानमा छन्।
यो विशाल सफलतासँगै निर्देशक आदित्य धर बलिउडकै यस्ता एक्लो निर्देशक बनेका छन् जसका दुईवटा फिल्मले १००० करोडभन्दा बढीको व्यापार गरेका छन्। यसअघि एसएस राजामौलीले मात्र बाहुबली र बाहुबली २ मार्फत यो उपलब्धि हासिल गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण