चार वर्षकै उच्च बिन्दुमा उक्लियो एल्मुनियमको भाउ
सारांश
- मध्यपूर्वमा हवाई आक्रमणका कारण आपूर्ति प्रभावित हुने चिन्ताले विश्व बजारमा एलमुनियमको मूल्य बढेको छ।
- लन्डन मेटल एक्सचेञ्जमा एलमुनियमको मूल्य ३ प्रतिशतले बढेर प्रतिमेट्रिक टन ३,४०१ अमेरिकी डलर पुग्यो।
- इलेक्ट्रोनिक्स, प्याकेजिङ, निर्माण र सवारी साधनमा प्रयोग हुने एलमुनियमको आपूर्तिमा अवरोध आउन सक्ने सम्भावना छ।
लन्डन । विश्व बजारमा एल्मुनियमको मूल्य झन्डै चार वर्षयताकै उच्च स्तरमा पुगेको छ । मध्यपूर्वका दुई प्रमुख उत्पादक कम्पनीहरूमा भएको हवाई आक्रमणपछि आपूर्ति प्रभावित हुने चिन्ताले मूल्य उकालो लागेको हो । सोमबार लन्डन मेटल एक्सचेञ्जमा एल्मुनियमको मूल्य ३ प्रतिशतभन्दा बढीले बढेर प्रतिमेट्रिक टन ३ हजार ४०१ अमेरिकी डलर पुगेको छ ।
यो पछिल्ला चार वर्षकै उच्च नजिकको स्तर हो । पश्चिम एसियाको प्रमुख उत्पादक इमिरेट्स ग्लोबल एल्मुनियम (ईजीए)ले आबुधाबीस्थित आफ्नो कारखानामा गम्भीर क्षति पुगेको जनाएको छ ।
त्यस्तै एल्मुनियम बहराइनले पनि आफ्नो प्लान्टमा भएको क्षतिको मूल्याङ्कन गरिरहेको जनाएको छ । एल्मुनियमम इलेक्ट्रोनिक्स, प्याकेजिङ, निर्माण र सवारी साधन निर्माणमा व्यापक रूपमा प्रयोग हुने धातु हो ।
पश्चिम एसियामा जारी द्वन्द्वका कारण यसको आपूर्तिमा अवरोध भयो भने विश्व बजारमा व्यापक असर पार्न सक्छ । यसअघि सन २०२२ मार्चमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि एल्मुनियमको मूल्य प्रतिटन ४ हजार डलर नाघेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण