युद्धअघि हेगसेथको ब्रोकरले ‘ठुलो लगानी’ गर्न खोजेको खबरको पेन्टागनद्वारा खन्डन
सारांश
- पेन्टागनले रक्षामन्त्री पिट हेग्सेथसँग सम्बन्धित लगानीको समाचारलाई अस्वीकार गरेको छ।
- फाइनान्सियल टाइम्सको रिपोर्टमा हेग्सेथका ब्रोकरले इरान युद्धअघि लगानी खोजेको उल्लेख थियो।
- पेन्टागन प्रवक्ताले उक्त दाबीलाई निराधार भन्दै समाचार सच्याउन आग्रह गरेका छन्।
वासिङ्टन डीसी । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रक्षामन्त्री पिट हेग्सेसँग सम्बन्धित एक ‘ठुलो लगानी’ प्रयाससम्बन्धी समाचारलाई कडा शब्दमा अस्वीकार गरेको छ ।
फाइनान्सियल टाइम्सले प्रकाशित गरेको रिपोर्टमा हेग्सेथका एक ब्रोकरले इरान युद्ध सुरु हुनु अघिका हप्ताहरूमा सैन्यसम्बन्धी कम्पनीहरूमा ठुलो लगानी गर्न खोजेको दाबी गरिएको थियो । तर पेन्टागनका प्रमुख प्रवक्ता सिन पार्नेलले उक्त दाबी पूर्ण रूपमा निराधार रहेको बताएका छन् ।
‘न त मन्त्री हेग्सेथ स्वयं, न त उनका कुनै प्रतिनिधिले यस्तो लगानीका लागि ब्ल्याकरकसँग सम्पर्क गरेका छन्,’ पार्नेलले बताए । उनले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया जनाउँदै उक्त खबरलाई आधारहीन र भ्रामक भन्दै तुरुन्त सच्याउन माग गरेका छन् ।
सोमबार प्रकाशित उक्त समाचारमा अज्ञात स्रोतलाई उद्धृत गर्दै इरान युद्धअघि हेग्सेथको ब्रोकरले ठुलो लगानी गर्ने प्रयास गरेको भनेको थियो । हेग्सेथ इरानविरुद्धको युद्धमा प्रमुख भूमिकामा छन् । नियमित रूपमा पत्रकार सम्मेलनमार्फत उनले आक्रमणको समर्थन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण