कांग्रेस सुदूरपश्चिम सभापति बलायर भन्छन्– यो समानान्तर गतिविधि होइन, अधिकारको कुरा हो
सारांश
- नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीभित्रको मतभेदबारे धारणा राखे।
- उनले पार्टी एकताका लागि दुवै पक्षलाई चिन्तन गर्न र वास्तविकता स्वीकार गर्न आग्रह गरे।
- बलायरले विशेष महाधिवेशनबाट आएको समिति बलियो रहेको र बल प्रयोग गरेर पार्टी बलियो नहुने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीभित्र मतभेद उत्पन्न भएको बेलामा समानान्तर गतिविधि गर्यो भन्नु उपयुक्त नहुने बताएका छन् ।
देउवा–कोइराला समूहको केन्द्रीय कार्यसमितिको अनौपचारिक बैठकमा सहभागी हुन महाराजगञ्जमा पुगेका बलायरले सञ्चारकर्मीहरूसँग सभापति बलायरले भेला र छलफल गर्नु अधिकारको कुरा भएको बताए ।
उनले पार्टीको आन्तरिक एकताका लागि दुवै पक्षलाई चिन्तन गर्न र वास्तविकता स्वीकार गरेर अघि बढ्न आग्रह समेत गरे ।
बलायरले भने, ‘हिजो व्यक्तिगत रुपमा यस्ता गतिविधि हुनविधि हुन्थे । अहिले नेताहरूले सामुहिक रुपमा गर्नुभएको हो।’
आफूहरू विशेष महाधिवेशनबाट आएको समितिभन्दा बलियो रहेको उनको भनाइ थियो । ‘हामी बलियो छौं, आधिकारिकता पुष्टि गरेर मात्र पुग्दैन। यो समय दुवै पक्षले चिन्तन गर्ने बेला हो,’ बलायरले भने ।
बलायरले बल प्रयोग गरेर वा कसैलाई कमजोर देखाएर पार्टी बलियो नहुने बताए । ‘कसैलाई खुल्याएर कोही बलियो हुने अवस्था छैन। सबै खुइलिएको अवस्था छ,’ बलायरले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण