नेपाल प्रहरीले नै ‘अप्रिल फुल’ मनाएपछि...
सारांश
- नेपाल प्रहरीले अप्रिल फूलको अवसरमा चेतनामूलक सन्देशसहितको क्यूआर कोड प्रयोग गर्यो, जसले प्रयोगकर्ताहरूलाई सचेत गरायो।
- प्रहरीले अज्ञात क्यूआर कोड स्क्यान नगर्न र परिवारलाई सचेत गराउन आग्रह गर्दै स्क्यामबारे जानकारी दिएको छ।
- सामाजिक सञ्जालमा युवा पुस्ताले यस सचेतनामूलक अभियानलाई प्रशंसा गरेका छन्, रमाइलो तरिकाले सचेत गराएकोमा धन्यवाद दिएका छन्।
काठमाडौँ । आज अप्रिल १ तारिख । यो दिनलाई ‘अप्रिल फुल’ मनाउने दिन भनेर चिनिन्छ ।
यस दिन साथीभाइहरूलाई झुक्क्याएर मूर्ख बनाएर रमाइलो गरी मनाउने गरिन्छ । तर, यसपटक नेपाल प्रहरीले समेत धेरैलाई मूर्ख बनाएर ‘अप्रिल फुल’ मनाएको छ । तर, अप्रिल फुल मनाउँदै गर्दा प्रहरीले जनचेतनामूलक सन्देश समेत दिएको छ ।
प्रहरीले एक पोस्ट जारी गर्दै ‘तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ? सुनिश्चित गर्नका लागि एक पटक क्यूआर कोड स्क्यान गर्नुहोस्’ भन्दै क्यूआर स्क्यान गर्न दिएको छ ।
तर, क्यूआर स्क्यान गर्दा ‘अप्रिल फुल’ भन्ने सन्देश आउँछ, जसमा जनचेतनामूलक जानकारी पनि दिइएको छ । सन्देशमा भनिएको छ,
तपाईंले स्क्यान गर्नुभएको क्यूआर कोड सचेतना अभियानको लागि हो । आज हामीले मजाक गरेका थियौँ । तर भोलि यस्तै क्यूआरबाट तपाईं स्क्याममा पनि पर्न सक्नु हुन्छ । याद राख्नुहोस् -
- आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्यूआर कोड स्क्यान नगर्नुहोस् ।
- आफूसँगै आफ्नो परिवारका सदस्यहरूलाई पनि सम्झाउनुहोस्।
- स्क्यान गर्नुअघि सधैँ भेरिफाई गर्नुहोस् सचेत हुनुस् ।

प्रविधिको विकाससँगै पछिल्लो समय नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत यस्ता सचेतनामूलक अभियान सञ्चालन गर्दै आइरहेको छ । यसलाई विशेष गरेर युवापुस्ताले निकै मन पराएका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘मैले खोल्नै लागेको थिइनँ । तर नेपाल प्रहरीको भेरिफाइड अकाउन्ट थियो र मलाई मूर्ख बनाइयो । रमाइलो तरिकाले सचेत गराउनु भएकोमा नेपाल प्रहरीलाई धन्यवाद !’
अर्का प्रयोगकर्ता लेख्छन्, ‘पछिल्लो समय जीवन मजाक बनेको छ र आज नेपाल प्रहरीले यसमा भाग लिने निर्णय गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण