शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल प्रहरीले नै ‘अप्रिल फुल’ मनाएपछि...

बुधबार, १८ चैत २०८२, १२ : ४८
बुधबार, १८ चैत २०८२

सारांश

  • नेपाल प्रहरीले अप्रिल फूलको अवसरमा चेतनामूलक सन्देशसहितको क्यूआर कोड प्रयोग गर्‍यो, जसले प्रयोगकर्ताहरूलाई सचेत गरायो।
  • प्रहरीले अज्ञात क्यूआर कोड स्क्यान नगर्न र परिवारलाई सचेत गराउन आग्रह गर्दै स्क्यामबारे जानकारी दिएको छ।
  • सामाजिक सञ्जालमा युवा पुस्ताले यस सचेतनामूलक अभियानलाई प्रशंसा गरेका छन्, रमाइलो तरिकाले सचेत गराएकोमा धन्यवाद दिएका छन्।

काठमाडौँ । आज अप्रिल १ तारिख । यो दिनलाई ‘अप्रिल फुल’ मनाउने दिन भनेर चिनिन्छ ।

यस दिन साथीभाइहरूलाई झुक्क्याएर मूर्ख बनाएर रमाइलो गरी मनाउने गरिन्छ । तर, यसपटक नेपाल प्रहरीले समेत धेरैलाई मूर्ख बनाएर ‘अप्रिल फुल’ मनाएको छ । तर, अप्रिल फुल मनाउँदै गर्दा प्रहरीले जनचेतनामूलक सन्देश समेत दिएको छ । 

प्रहरीले एक पोस्ट जारी गर्दै ‘तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ? सुनिश्चित गर्नका लागि एक पटक क्यूआर कोड स्क्यान गर्नुहोस्’ भन्दै क्यूआर स्क्यान गर्न दिएको छ ।

तर, क्यूआर स्क्यान गर्दा ‘अप्रिल फुल’ भन्ने सन्देश आउँछ, जसमा जनचेतनामूलक जानकारी पनि दिइएको छ । सन्देशमा भनिएको छ, 

तपाईंले स्क्यान गर्नुभएको क्यूआर कोड सचेतना अभियानको लागि हो । आज हामीले मजाक गरेका थियौँ । तर भोलि यस्तै क्यूआरबाट तपाईं स्क्याममा पनि पर्न सक्नु हुन्छ । याद राख्नुहोस् -

  • आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्यूआर कोड स्क्यान नगर्नुहोस् ।
  • आफूसँगै आफ्नो परिवारका सदस्यहरूलाई पनि सम्झाउनुहोस्।
  • स्क्यान गर्नुअघि सधैँ भेरिफाई गर्नुहोस् सचेत हुनुस् ।

662399978_1596930525769354_8698415383778504423_n

प्रविधिको विकाससँगै पछिल्लो समय नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत यस्ता सचेतनामूलक अभियान सञ्चालन गर्दै आइरहेको छ । यसलाई विशेष गरेर युवापुस्ताले निकै मन पराएका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘मैले खोल्नै लागेको थिइनँ । तर नेपाल प्रहरीको भेरिफाइड अकाउन्ट थियो र मलाई मूर्ख बनाइयो । रमाइलो तरिकाले सचेत गराउनु भएकोमा नेपाल प्रहरीलाई धन्यवाद !’

अर्का प्रयोगकर्ता लेख्छन्, ‘पछिल्लो समय जीवन मजाक बनेको छ र आज नेपाल प्रहरीले यसमा भाग लिने निर्णय गरेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप