गृहमन्त्री गुरुङले गरे परिसर काठमाडौँको निरीक्षण
बुधबार, १८ चैत २०८२, १४ : ०९
सारांश
- गृहमन्त्री सुधन गुरुङले काठमाडौं जिल्ला प्रहरी परिसरको निरीक्षण गरे।
- उनले प्रहरी कर्मचारीहरूलाई सामूहिक भावनाका साथ काम गर्न आग्रह गरे, र समस्या परे आफू साथमा रहेको बताए।
- मन्त्री गुरुङले काठमाडौंमा हुनसक्ने प्रदर्शनमा भिड व्यवस्थापन गर्दा मानव अधिकारको ख्याल राख्न निर्देशन दिए।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौँको निरीक्षण गरेका छन् । बुधवार गृहमन्त्री भद्रकालीस्थित परिसरको कार्यालयमा पुगेका हुन् ।
परिसरको कार्यालय र काम कारबाहीबारे अवलोकन गर्दै मन्त्री गुरुङले सामूहिक भावनाको साथ काम गर्न प्रहरी कर्मचारीहरूलाई आग्रह गरेका छन् । प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले भने, ‘समस्या परे म छु ।’
प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउने उद्घोष गर्दै मन्त्री गुरुङले काठमाडौँमा हुनसक्ने सम्भावित प्रदर्शनमा भिड व्यवस्थापन गर्दा मानव अधिकारको ख्याल गर्न गर्न उनले निर्देशन गरेका छन् । उनको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले भने, ‘भिड नियन्त्रणमा एकदमै ध्यान दिनुहोला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण